Friday, June 23, 2017  |    

पाट्टाको ४० औं साधारण सभा सम्पन्न/पर्यटनमैत्री बजेट बनाउनु पर्छ : नेपाल

प्रकाशित मिति: 2016/04/22


    वैशाख ९, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विहिबार राजधानीको होटल ¥याडिसनमा  एक विशेष समारोहको आयोजना गरि साधारण सभा मनाइएको हो ।

साधारणका अवसरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ । “पर्यटन मूल आधारमात्र हैन यो मुलुकको ड्राइभिङ इन्जिन पनि हो, पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन राजनीतिकलगायत सबै क्षेत्रले विशेष सक्रियतापूर्वक काम गर्न जरुरी छ”– नेता नेपालले भन्नुभयो । उहाँले प्राकृतिक तथा मानवसिर्जित विपत्तिबाट थालिएको पर्यटन पुनरुत्थानका लागि आगामी आव २०७३/०७४ बजेट पर्यटनमैत्री बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।  
    
    त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने जानकारी दिनुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जनकारी दिनुभयो । उहाँले पर्यटन पुर्नरुत्थानका लागि राज्यले पर्यटन प्रवद्र्धनका लागि नयाँ नयाँ प्याकेज ल्याउनुपर्नेमा समेत जोड दिनुभयो । पाटाका पर्यटन विज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक नौ प्रतिशतका दरले वृद्धि भइरहेको पर्यटन बजारबाट नेपालले फाइदा लिनसकेको खण्डमा अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।     सो अवसरमा र्याफटिङ, धार्मिक पर्यटनलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको ‘पाटा पर्सनालिटी अवार्ड’ प्रधान गरिएको छ ।
    यसैबीच, पाटा नेपालले भूकम्प र नाकाबन्दीपश्चात् शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सुदृढीकरण, विमानस्थलको सेवा सुदृढीकरणलगायतका पाँच बुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

 

तपाईंको बिचार