Monday, July 24, 2017  |    

बेस्ट टुरिज्म भिडियो अवार्ड नगमालाई

प्रकाशित मिति: 2016/04/22

वैशाख १०, काठमाडौं । इजिप्टमा सञ्चालित ‘मिस इको युनिभर्स–२०१६’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएकी नगमा श्रेष्ठ बेस्ट टुरिज्म भिडियोको एवार्ड जित्न सफल हुनु भएको छ । ५० भन्दा बढी मुलुकका सुन्दरीहरूको सहभागिता रहेको यो प्रतियोगितामा कोस्टारिकाकी नटालिया कारभाजलले ‘मिस इको युनिभर्स २०१६’को उपाधि जित्नु भएको थियो ।  
       प्रतियोगितामा ब्राजिलकी लेज बार्टे फस्ट रनर अप तथा चीनकी सेरेना जिए सेकेन्ड रनर्सअप भएकी थिइन् ।  मिस इको युनिभर्स प्रतियोगिताले वातावरणसम्बन्धी सचेतना एवं यसको संरक्षण–संवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने लक्ष्य राखेको छ । मिस नेपाल अर्थ–२०१२ की उपाधि विजेता नगमा श्रेष्ठ अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएको यो तेस्रो अवसर हो । यसअघि श्रेष्ठले सन् २०१२ मा मिस अर्थमा नेपालका तर्फबाट सहभागिता जनाउनु भएको थियो । 

 

तपाईंको बिचार