Monday, November 20, 2017

धरहराको फेद पुगि भूकम्पमा परि ज्यान गुमाएकालाई सम्झिए पर्यटन व्यवसायीले

प्रकाशित मिति: 2016/04/24

 
बैशाख १२ , काठमाडौं । भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा पर्यटन व्यवसायीहरुले धराहरा पुगि मृतआत्माको चिर शान्त्तिको कामना गर्दै श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आइतबार बिहान ठमेलबाट ¥याली सहित पर्यटन व्यवसायीहरु सुन्धारा स्थित धरहराको फेदमा पुग्नु भएको थियो । 
      ¥यालीमा नेपाल पर्यटन वोर्ड, टुर्गान, टान, हान, नाट्टा, नाटो, सोट्टो नेपाल , टीटीडीसी, एनएमए, नाटोज, नारा, एटीभीए, एनटीपीटीभीए लगायतका पर्यटकीय संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।  व्यवसायीले नेपाल सुरक्षित छ ,आन्तरिक भ्रमण वर्षसफल पारौ जस्ता नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । बैशाख १२ गतेको विनासकारी भूकम्पका परी दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न प्रधानमन्त्री सहित अन्य सरकारका उच्चपदस्थ कर्मचारी समेत धरहरा पुग्नु भएको थियो । आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । जसबाट झन्डै नौ हजारको मृत्यु भएको थियो भने नेपाल धार्मिक तथा ऐतिहासिक सम्पदामा समेत ठुलो क्षति पुगेको थियो । 

 

तपाईंको बिचार