Wednesday, September 20, 2017

सम्पदा पुर्ननिर्माणलाई तीब्रता दिनुपर्छ : प्रचण्ड

प्रकाशित मिति: 2016/04/25


बैशाख १३ , ललितपुर । एमाओवादी अध्यक्ष पुष्कमल दाहालले भूकम्पले ध्वस्त बनाएका भौतिक सम्पदाको पुनर्निर्माणका कार्यलाई तीब्रताका साथ सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा सोमबार आयोजित महा–विनासकारी भूकम्पको एक वर्षको स्मरणमा पुनर्निर्माण सम्बन्धी कार्यहरुको शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 
‘हाम्रा ऐतिहासिक धरोहर जो मानव सभ्यताको विकासको अभिव्यक्तिहरु हुन, राज्य र हामी बचेकाहरुको निम्ति चुनौति छन् कि भूकम्पको प्रतिरोधी धरोहर पूनर्निर्माण गर्न सक्छौं कि सक्दैनौं।’ उहाँले पुनर्निर्माणको कार्य ढिलो भएको बताउँदै नेपाली जनताले निकै कठिनाई भोग्नु परेको बताउनुभयो । जिम्मेवार राज्य र सचेत नागरिकले नै राष्ट्रिय एकतालाई मजबुत बनाउने र नयाँ निर्माणको कामलाई माथि उठाउने उहाँको भनाई थियो । 

 

तपाईंको बिचार