Thursday, April 27, 2017  |    

‘नेपाल ब्याक अन टप अफ द ओल्र्ड अभियानको सुरुवात’

प्रकाशित मिति: 2016/04/26


बैशाख १४ , काठमाडौं । नेपाल पर्यटन वोर्डले ‘नेपाल ब्याक अन टप अफ द ओल्र्ड’ अभियान सुरु गरेको छ । भूकम्पका कारण तहसनहस बनेको पर्यटन क्षेत्रलाई पुन पहिलेकै अवस्थामा ल्याउने उद्देश्यले उत्त अभियानको थालनी गरिएको हो । अभियानको सोमबार प्रधानमन्त्री केपीओलीले उदद्घाटन गर्नुभयो ।
 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल घुम्न अहिले कुनै खतरा नरहेको भन्दै नेपाल आउन आग्रह गर्नुभयो । गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहास्, यहाँ लगानी र भ्रमण गर्न सुरक्षित छ । प्रधानमन्त्रीले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट आएक पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको थियो । नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।  

 

 

तपाईंको बिचार