Thursday, March 23, 2017  |    

दुगड ग्रुपले खोल्यो विराटनगरमा होटल ह्यारिसन

प्रकाशित मिति: 2016/04/26


बैशाख १४ , काठमाडौं । विराटनगरमा पूर्वाञ्चलकै सुविधासम्पन्न होटेल संचालनमा आएको छ । सेन्चुरी ग्रुपले आधा अर्ब लगानीमा विराटनगर स्थित तीनपैनीमा होटल संचालनमा ल्याएको हो ।
    उक्त होटल चार तारेस्तरको वुटिक होटेल हो । विराटनगरमा चार तारेस्तरको यो पहिलो होटेल समेत हो । तीन दिनअघि सफ्ट लन्च गरेको यो होटेल एक साताभित्रै ’फुलफ्लेज’ मा सञ्चालनमा आउने छ । ’होटल ह्यारिसन’ नामको पूर्वाञ्चलकै राम्रो र सुविधासम्पन्न होटेल भएको ग्रुपका  प्रबन्ध निर्देशक मोती दुगडले जानकारी दिनुभयो । आठ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ५० वटा सुविधासम्पन्न कोठाहरु छन् ।
होटलमा रेस्टुरेन्ट  तथा वार, हेल्थक्वल, ब्युटी पार्लर, सेमिनार हललगायत छन् । एक हजार जना अटाउने एक सेमिनार हलका साथै अन्य दुई हल पनि छन् । सानाहलमा दुई सय जना अटाउने दुगडले जानकारी दिनुभयो । होटलको व्यवस्थापन विदेशी कम्पनीले हेर्ने छ ।

 

तपाईंको बिचार