Sunday, August 20, 2017  |    

कालीगण्डकीमा विश्वकै दोस्रो अग्लो बञ्जी सञ्चालनको तयारी

प्रकाशित मिति: 2016/04/26

वैशाख१४,पोखरा । पर्वत जिल्लाको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुने भएको छ । कालीगण्डकी नदीको खोँचमा निर्माण गरिने  बञ्जीको गत  शनिबार शिलान्यास गरिएको छ । बञ्जीसहित रिसोर्ट, स्वीङ र पुल निर्माणका लागि करीव ११ करोड लगानी हुने अनुमान गरिएको छ ।  
करीव दुई सय २५ मिटर उचाइको यो  बञ्जी मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीभन्दा १५ मिटर कम हुनेछ ।  भने भोटेकोशीमा रहे्को बञ्जी भन्दा ६५ मिटर अग्लो हुने जानकारी दिए लगानिकर्ता राजु कार्कीले ।

 यो बञ्जीबाट खोलामा झरेर माथि आउनलाइ हिड्नु पर्ने छैन ।  यसमा रहेको हृवीङ्स सिष्टमले आफै तानेर पुलमा ल्याउनेछ । बञ्जीमा ४ देखि ५ सेकेन्डको फ्री फल हुने कार्कीले बताए । बञ्जी गरेर पुलमा फर्किन करीब ५ मिनेट लाग्ने उनको अनुमान छ । स्वीङको फ्रि फल १० सेकेन्डको हुनेछ । स्वीङ गर्न करीव ६ मिनेट लाग्ने बताइएको छ ।
 बञ्जी पोखराबाट ५७ किलोमिटर दुरीमा रहनेछ । पोखरा आउने पर्यटकलाई लक्षित गरेर बञ्जी निर्माण गर्न लागेको कार्कीले जानकारी दिए ।  
 बञ्जीमा कार्कीसहित स्थानीय व्यवसायी युवराज जोशी, नेत्र पराजुली, फ्लोरिडा र स्थानीय बासिन्दाको लगानी रहने छ । कार्कीका अनुसार स्थानीयलाई ४९ प्रतिशत शेयर दिइएको छ ।
 
 
  

तपाईंको बिचार