Friday, October 20, 2017

हिमालयन एयरलाइन्सले वैशाख २५ देखि कोलम्बो उडान भर्ने

प्रकाशित मिति: 2016/04/28


बैशाख १६ , काठमाडौं । नेपाल र चिनियाँ संयुक्त लगानीमा स्थापित हिमालयन एयरलाइन्सले श्रीलंकासँग हवाई सम्पर्क जोडेको छ । एयरलाइन्सले कोलम्बोसँग व्यवसायिक उडान थालेको छ । एयरलाइन्सले कोलम्बो उडानको प्रोमोसनल फेयर समेत ल्याएको छ ।
एयरलाइन्स मार्फत काठमाडौ कोलम्बो दुईतर्फी भाडा ३५ हजार रुपैयाँ मात्रै तोको छ । बिजनेश क्लासका लागि भने ५५ हजार रुपैयाँ पर्नेछ । एयरलाइन्सले मंगलबार एयरबस ३२०–२१४ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार साढे आठ बजे कोलम्बोका लागि उड्नेछ । बैशाख २५ गते स्थानिय समय अनुसार चार बजे कोलम्बोबाट फर्केर पुन काठमाडौं अवतरण गर्ने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भन्नुभयो, ’पहिलो कोलम्बो उडानबाट हामीले हाम्रो यात्रु महानुभावहरुबाट अत्यधिक राम्रो प्रतिक्रिया पाएका थियौँ । फलस्वरुप यही प्रतिक्रियालाई मध्यनजर गरेर हामीले फेरी एकपटक कोलम्बो उडान सुपथ मुल्यमा ल्याएका छौँ । साथै हामी सम्पूर्ण ट्राभल एजेन्सीहरुलाई, नेपाली र श्रीलंकाली जस्तो महत्वपूर्ण बजारमा यो प्याकेज प्रमोट गरेर एअरलाइन्सलाई सहयोग गरिदिनु अनुरोध  गर्दछौँ।’ एअरलाइन्सले आफ्नो पहिलो गन्तव्य भारतको दिल्ली र कतारको दोहा बनाएको छ। केही महिनापछि चीनको ल्हासा, चेन्दु बेइजिङ उडान भर्ने तालिका बनाएको छ ।

 

तपाईंको बिचार