Monday, August 21, 2017  |    

दुई वर्षदेखि कञ्चनजंघा आरोही शून्य

प्रकाशित मिति: 2016/05/01


वैशाख १९, काठमाडौं । विश्वकै तेस्रो अग्लो कञ्चनजंघा हिमाल गत वर्षदेखि आरोहीविहीन छ । सन् २०१३ र १४ मा आरोहणका क्रममा लगातार दुर्घटना भएपछि पुन आरोहणको हिम्मत अझै सम्मकसैले गर्न छैनन् । २०१३ मा तीन र १४ मा पाँच जनाको आरोहणकै क्रममा ज्यान गएको थियो । उनीहरूको शव अझै निकाल्न सकिएको छैन । 
पर्यटन विभागको अनुसार  गत वर्षका दुवै सिजन उक्त हिमाल आरोहणका लागि  कसैले आवेदन दिएनन् । पदयात्रामा जान चाहनेहरू देखिए पनि आरोहणका इच्छुक नआएको हो । कञ्चनजंघालाई विश्वमा चिनाउन नसकिएकाले आरोही घट्दै गएको कतिपयको वुझाई छ । उक्त हिमाल आरोहणमा सहजता बनाउनका लागि सरकारले समेत कुनै तदारुकता नदेखाएको आरोप पर्वतारोहीहरुको छ । भूकम्पले कञ्चनजंघाको आरोहण प्रभावित बनाएको छ। 

 

तपाईंको बिचार