Sunday, August 20, 2017  |    

चितवन राष्ट्रिय निकुञ्ज लगातार दुई बर्ष शून्य चोरी शिकार बर्ष मनाउन सफल

प्रकाशित मिति: 2016/05/02

बैशाख २०, चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले लगातार दुई बर्ष शून्य चोरी शिकार बर्ष मनाउन सफल भएको छ । निकुञ्जमा  लगातार दुई बर्ष अर्थात् ७ सय ३० दिनमा कुनै पनि वन्यजन्तुको चोरीशिकार नभएको निकुञ्जले बताएको छ ।

शुन्य चोरी वर्ष मनाएकोमा संरक्षणकर्मीहरु उत्साहित बनेका छन् । दुर्लभ बन्यजन्तु एक सिङ्गे गैडा र पाटेबाघ संरक्षणमा नेपाली सेना, मध्यवर्ती क्षेत्रका स्थानिय र संरक्षणकर्मीकै पहलमा यो सफलता मिलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलले बताए ।

२०७१ वैशाख २० गते देखि ०७३ साल बैशाख २० सम्म आइपुग्दा निकुञ्जमा दुर्लभ एक सिँगे गैँडा, बाघ लगायत कुनै पनि जङ्गली जनावर चोर(सिकारीका कारण नमारिएका निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८र५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९र६० मा ३२ वटा गैँडा मारिएका थिए । कालगतिले मर्नेमा सबैभन्दा बढी आर्थिक वर्ष २०५५र५६ मा २३ वटा रहेका छन् ।

२०६९ मा आठ वटा, २०७० मा नौ वटा, २०७१ मा सात र २०७२ मा १० गैँडा मरेकोमा १र१ वटा तस्करले मारेका थिए । निकुञ्जको निगरानीमा कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनासँगै नेपाल प्रहरी र उसको अपराध अनुसन्धान ब्युरोसमेत सशक्त रुपमा लागेका थिए ।
यस अघि निकुञ्जले शुन्य चोरीशिकारी बर्ष मनाएको २० दिन पनि नबित्दै निकुञ्ज मुख्यालय कसरा नजिक एक गैडा तस्करले मारेका थिए । रातिको समयमा गोली हानी गैडा मारि बञ्चरो प्रयोग गरी खाग समेत काटेर तस्करले नै लगेका थिए ।
यस्तो थियो सुरुवात

चितवन राष्ट्रिय निकुञ्ज देशकै पहिलो राष्ट्रिय निकुञ्ज हो । एक सिङ्गे गैडा र पाटे बाघका लागि प्रख्यात रहेको यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो  ।

२०४० सालमा विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो भने सुरुमा गैडागस्तीले जिम्मा लिएको निकुञ्जको सुरक्षा २०३२ सालदेखि नेपाली सेनाले  जिम्मा लिएको इतिहास छ । निकुञ्जले मुलुकमा चलेको १० बर्षे सशस्त्र द्वन्द्वको समयमा वन्यजुन्त संरक्षणमा निकै चुनौती खेपेको थियो ।

जसका कारण चितवनसहित देशैभरका विभिन्न निकुञ्ज तथा आरक्षमा रहेका दुर्लभ वन्यजन्तु तस्कारका निसानामा परेका थिए । जसमध्ये विश्वमा नै दुर्लभ मानिएको एक सिङ्गे गैडा, पाटे बाघ मुख्य निशानामा परे ।    
 

 

तपाईंको बिचार