Monday, December 11, 2017

मनाङमा जहाज पठाउने पर्यटनमन्त्रीको घोषणा

प्रकाशित मिति: 2016/05/03


वैशाख २१, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले हिमाली जिल्ला मनाङमा जहाज पठाउने आश्वासन स्थानीयलाई दिनुभएको छ । चार वर्षयता उडान हुन नसकेको मनाङमा अव भने जहाज उडाउने आश्वासन दिनुभएको हो । 
  ‘जहाज चढ्ने यात्रु भए सातामा २ पटक मनाङमा जहाज पठाइदिन्छु,’ एमाले मनाङले सोमबार सदरमुकाम चामेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भन्नुभयोे, ‘करोडौँ लगानी गरेको विमानस्थल अलपत्र पर्न दिनु हुँदैन ।’ स्थानीयले माथिल्लो मनाङमा रहेको हुम्डे विमानस्थल संचालनमा नहरेको र संचालन गर्नुपर्ने जानकारी गराएपछि मन्त्रीले विमानस्थल संचालन गर्ने आश्वासन दिनुभएको हो । उहाँले मनाङमा मोटरबाटो निर्माण भएसँगै सवै मोटरबाटोबाटै आवतजावत भएकाले विमानस्थलमा उडान हुन नसकेको बताउनुभयो । आर्थिक बर्ष ०६९र७० मा ९ करोड रुपैयाँ खर्च गरेर ६ सय मिटरको धावनमार्गलाई विस्तार गरी ९ सय मिटर बनाएसँगै विमानस्थलमा नियमित उडान टुटेको छ । पछिल्लो समय मनाङ आउने पर्यटक घटेको र पर्यटन प्रवद्र्धनका लागि आफू प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । सरकारले ५ बर्ष्भित्रमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइरहेको भन्दै त्यसको फाइदा लिन पनि विमानस्थल संचालनमा ल्याउनुपर्ने बताए । 

 

 

तपाईंको बिचार