Monday, November 20, 2017

हलेसी गुफा जोखिममा

प्रकाशित मिति: 2016/05/03

वैशाख २१,खोटाङ् ।  हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको त्रिधार्मिकस्थल हलेसी गुफाको मुखैमा ठूला संरचना निर्माण भएपछि  गुफा जोखिममा परेको छ । हलेसी विकास समितिका निर्देशक समर भुजेलका अनुसार मारातिका गुम्बाको विशाल महल बनेपछि गुफा जोखिममा परेको हो ।

चुनैचुनको कमलो ढुंगाबाट बनेको गुफाको मुखैमा विशाल महल बनेपछि भार थाम्न हम्मे भएको उनले बताए ।  स्थानीयवासीले पटक–पटक प्रशासनको ध्यानाकर्षण गराउँदा पनि सुरक्षाबलको आडमा विशाल महल बनेकाले हलेसी गुफा जोखिममा परेको विकास समितिका पूर्व निर्देशक तामन राईले बताए ।
हलेसी मन्दिर आसपासको ढलसमेत बसाहा गुफामा मिसाइएकाले ढलको पानीले कमलो चुनढुंगा कटान गर्ने हुँदा गुफा भत्किन सक्ने जोखिम भूगर्व्विदहरूले  औंल्याएका छन् । । त्यस्तै मन्दिर आसपासको जग्गासमेत अतिक्रमणमा परेको छ । अख्तियार, गुठी संस्थान लगायतमा उजुरी परेपछि गुठीले विभिन्न कित्ताका जग्गा रोक्का गरेको छ ।
तीमध्ये करिब ५० कित्ता जग्गा किनबेच भएकाले त्यो पनि गुठीको आदेशमा स्वतस् खारेज भएको जिल्ला मालपोत कार्यालयका कायम् मुकायम प्रमुख श्यामकुमार सैंजुले बताए । हलेसीको नाममा रहेका अन्य जग्गासमेत हलेश्वर महादेव गुठीको नाममा राखिनुपर्ने भन्दै उजुरी परेको थियो । हलेश्वर महादेव शिवधारा, हलेश्वर महादेव शिवधर्मशाला, हलेश्वर महादेव मठ, हलेश्वर राज गुठी लगायतको नाममा रहेको १६ रोपनी १३ आना जग्गासमेत हलेश्वर महादेव गुठीको नाममा हुनुपर्ने भन्दै उजुरी परेको थियो ।
हलेसी महादेवको नाममा रहेको विभिन्न सार्वजनिक जग्गाहरू एकमुष्ट हलेश्वर महादेव गुठीको नाममा राख्न भूमिसुधारमन्त्री रामकुमार सुब्बाले मालपोत कार्यालयलाई निर्देशनसमेत दिइसकेका छन । गुठी संस्थानका प्रशासक नारायण चौधरीले त्यसबारे प्रक्रिया अगाडि बढेको बताए ।  
 

 

तपाईंको बिचार