Monday, November 20, 2017

पूूर्वराजा ज्ञानेन्द्र परिवार र्याफटिङमा रमाउदै

प्रकाशित मिति: 2016/05/03

बैशाख २१, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित त्रिशुली नदिमा र्याफटिङ गर्नु भएको छ । ग्रेट नेपाल ट्राभल प्रालिको व्यवस्थापन तथा ईको नेपाल एड्भेञ्चर प्रालिको आयोजनामा संचालित उक्त र्याफटिङ कार्यक्रममा  ज्ञानेन्द्रले आफ्नो परिवार र पर्यटन व्यवसायीहरुसँग र्याफटिङ गर्नुभएको थियो ।

    र्याफटिङका क्रममा पूर्वराजापरिवारले तीन दिन (अप्रिल २९,३० र मे १ तारिख) त्रिशुली नदि किनारमा पर्यटन व्यवसायीसँग बिताउनु भएको थियो । चरौदीबाट सुरु गरेर कुरिनघाटमा क्याम्प गरि मुग्लिन पुर्याएर र्याफटिङको समापन गरिएको ईको नेपाल एड्भेञ्चरका प्रबन्धनिर्देशक एवं नेपाल एसोसएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष चन्द्र दाहालले जानकारी दिनुभयो ।  ज्ञानेन्द्रको साथमा हिमानी शाह, हिमानीको दुई छोरी पुणिका, कृतिका र छोरा हृदेन्द्र शाह पनि सहभागि थिए । पारिवारिक कार्यक्रम भएका कारण पर्यटन व्यवसायीलाई संचारमाध्यमलाई नल्याउन भन्नुभएको थियो । पूर्वराजपरिवार साहसिक पर्यटनमा चाख राख्ने परिवार भएको  कारण ठुलो अभिरुचीका साथ र्याफटिङ गर्नुभएको पनि उहाँले गन्तव्य नेपालन्यूजलाई जानकारी दिनुभयो ।

 

तपाईंको बिचार