Wednesday, May 24, 2017  |    

आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

प्रकाशित मिति: 2016/05/05


वैशाख २३, काठमाडौं ।  नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गर्नुभएको हो ।
आयल्याण्डले भूकम्प लगत्तै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रतिवन्ध लगाएको थियो । पछि आंशिक प्रतिवन्ध हटेपनि बेलायत जस्तो आयरल्याण्डले पूर्ण प्रतिवन्ध हटाइसकेको छैन् । बेलायतले राजकुमार ह्यारीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रतिवन्ध पूर्ण रुपमा हटाएको थियो ।

विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन हुनु अघि यहांको विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइन र डेस्क अफिसर मारिया सिहीसंगको भेटमा भ्रमण प्रतिवन्ध खुकुलो पार्न, आयरल्याण्डको ओभरसिज डेभलपमेन्ट असिस्टेन्स (ओडिपी) को प्राथमिकता मुलुकमा राख्न, सर्वदलीय संसदीय समिति र परामर्श संयन्त्र गठन गर्न आग्रह गरिएको क्षेत्रीले जानकारी दिनुभयो ।  अहिले एसियाका भियतनाम, लाओस र क्याम्बोडिया अनि बांकी अफ्रिकी गरि कुल ११ मुलुकले ओडिपी पाइरहेका छन् ।
भेटमा कार्यवहाक राजदूत क्षेत्रीसहित नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, नेपाल पर्यटन बोर्डका आयरल्याण्ड प्रतिनिधि दिपेशमान शाक्य र समाजसेवी डा. कपिल रिजाल सहभागी हुनुहुन्थ्यो ।

 

 

तपाईंको बिचार