Sunday, March 26, 2017  |    

दामन भ्युटावर पुन: सञ्चालन

प्रकाशित मिति: 2016/05/05


वैशाख २३, मकवानपुर ।  दामनस्थित भ्युटावर र रिसोर्ट करिब एक वर्षपछि पुनः सञ्चालनमा ल्याइएको छ । गत वैशाख १२ को भूकम्पले चर्केको भ्युटावर र भत्केका रिसोर्टका भवनहरू मर्मत सम्भारपछि वैशाखको दोस्रो सातादेखि सञ्चालनमा ल्याइको हो ।
‘भवनसम्बन्धी विज्ञहरूको अध्ययन अनुसन्धानपश्चात उनीहरूको राय सुझावअनुसार मर्मत सम्भार गरेर भ्युटावर र रिसोर्ट सञ्चालनमा ल्याएको,’ भ्युटावर सञ्चालक लवशेर बिष्टले जानकार िदिनुभयो । दामन भ्युटावर सञ्चालनको जिम्मेवारी व्यवसायी बिष्टले लिनुभएको थियो । जिविस मकवानपुरवाट ५ वर्षका लागि भ्युटावर र रिसोर्टको सञ्चालनको ठेक्का बिष्टले तीन वर्षअघि लिएका हुन् । वैशाख १२ गतेको भूकम्पपश्चात भ्युटावर र रिसोर्ट पूर्ण रूपमा बन्द थियो । भ्युटावर सञ्चालनमा नआएकाले दामनमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूमा पनि कमी आएको थियो ।

 

तपाईंको बिचार