Thursday, April 27, 2017  |    

ट्रेकिङ गाइड बन्न चाहने महिलालाई प्रशिक्षण दिइने

प्रकाशित मिति: 2016/05/05


बैशाख २३ , काठमाडौं । पछिल्लो समय पर्यटन क्षेत्रमा महिला जनशक्तिको माग र लोकप्रियता बढेसँगै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले महिलाहरुका लागि ट्रेकिङ गाइडको प्रशिक्षण कक्ष संचालन गर्ने भएको छ ।
यही जेठ र असार महिनामा सञ्चालन हुने प्रशिक्षणका लागि प्रतिष्ठानले  बैशाख २१ सूचना प्रकाशन गरि दरखास्त आह्वान गरेको छ । प्रशिक्षण लिन इच्छुकले जेठ ४ गते सम्म दरखास्त दिन सक्ने छन् ।  विगतका वर्षहरुदेखि दिदै आएको तालिममा सहभागिताका लागि एसएलसी उत्तिर्ण भएको हुनु पर्नेछ भने १८ वर्ष कटेको र अंग्रेजी भाषामा ज्ञान भएको हुनु पर्नेछ । ३५ दिनसम्म चल्ने तालिमका लागि ४ हजार ५ सय शुल्क लाग्ने छ । तालिममा २६ दिन सैद्धान्तिक कक्षा र ९ दिन प्रयोगात्मक कक्षा सञ्चालन गरिने प्रतिष्ठानले जानकारी दिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले पर्वतीय क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनमा विभिन्न कार्यहरु संचालन गर्दै आएको छ ।

 

तपाईंको बिचार