Sunday, June 25, 2017  |    

हिमाल आरोहण गरेर फर्केका पर्यटक ३ दिनदेखि बेपत्ता

प्रकाशित मिति: 2016/05/05


वैशाख २३, काठमाडौं । मनाङको पिसाङमा पर्ने पिसाङ हिमाल (६,०९१ मी) आरोहण गरेर फर्केका एक विदेशी नागरिक बेपत्ता भएका छन् । ५१ बर्षीय रसियन नागरिकसर्जे कार्निशोभ मंगलबारदेखि बेपत्ता छन् । तीन दिनदेखि उहाँको अवस्था अज्ञात छ । ७ जना गएको टोली हिमाल आरोहण गरि फर्केकोमा उहाँ बाटोमा हराएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ ।
बुधबार डीएसपी जगन्नाथ गौतमको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको थियो । तर मौसम खराबीका कारण खोजीकार्य प्रभावित भएको छ । इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली हिमाल बेसक्याम्पमा राखेर डीएसपी फर्किएका छन् । पर्यटक बेपत्ता भएको ठाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिनभन्दा बढी लाग्छ । हिमाल चढेर फर्किएका टोली अहिले ढिकुरपोखरीस्थित होटलमा रहेका छन् । उनीहरु पिसाङ बेसक्याम्पबाट शनिबार हिमाल चढ्न गएका थिए । साथी बेपत्ता भएपछि उनीहरु पनि फर्किन सकेका छैनन् ।

 

 

तपाईंको बिचार