Sunday, December 17, 2017

नाम्जेमा पर्यटकको आर्कषण

प्रकाशित मिति: 2016/05/07

वैशाख२५,धनकुटा ।  तीन वर्षअघि सीएनएनले विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको नाम्जे गाउँमा अहिले पर्यटकीय चहलपहल पुनः प्रारम्भ भएको छ । तीन वर्षअघि सीएनएनले विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेपछि उक्त गाउँ एकाएक चर्चामा आएको थियो । यद्यपि विगत ६ महिना पर्यटक आवागमन ठप्प रहेको नाम्जेमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै स्थानीय बासिन्दाहरू होमस्टेको व्यवस्थापनमा जुटेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि यतिबेला होमस्टेलाई व्यवस्थित गरिएको होमस्ट व्यवस्थापन समितिका बताएको छ  । एक महिनाको अवधिमा एकै पटक ३२ घरमा होमस्टेको अभ्यास थालिएको समितिले जानकारी दिएको छ ।   नाम्जेमा हाल १९ घरमा व्यवस्थित होमस्टे सञ्चालन गरिँदै आएको छ । भेडेटार गाविसको ६ र ७ वडामा होमस्टे सेवा उपलब्ध छ । यसको व्यवस्थापनका लागि तारा गाउँ विकास समिति तथा पर्यटन बोर्डले सहयोग गरिरहेको छ ।

क्षण–क्षणमा हावाको चिसो सिरेटोसँगै बादलले छोपिनु र क्षणभरमै उघ्रिनु नाम्जेको विशेषता हो । सामान्य ढुंगा माटोका स–साना चिटिक्क परेका घर र उत्तरतर्फको हिमशृंखलाले उत्तिकै श्रृंगारिएको छ नाम्जे । विश्वका हेर्नैपर्ने तर ओझेलमा रहेका उत्कृष्ट स्थलको सूची तयार गर्ने क्रममा सीएनएनले यो गाउँलाई पनि समावेश गरेको थियो । सीएनएनले रमणीय रूपमा वर्णन गर्दै आफ्नो वेबसाइटमा नाम्जेका तस्बिरहरूसमेत समावेश गरेपछि यो गाउँको चर्चा विश्वभर बढ्दै गएको थियो ।

कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत भेडेटारबाट साढे तीन किलोमिटरको दूरीमा अवस्थित नाम्जेमा विगत डेढ दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुँदै आएको स्थानीय बासिन्दाहरू बताउँछन् । सफा–सुग्घर नाम्जेको प्रमुख आकर्षणमा मगर जातिको हुर्रा नृत्य, होमस्टे तथा अर्गा्निक खेती प्रमुख छन् ।

 

 

तपाईंको बिचार