Sunday, May 28, 2017  |    

खप्तड पर्यटनको भर्जिन ल्याण्ड

प्रकाशित मिति: 2016/05/08

वैशाख २६, बझाङ ।  प्र्राकृतिक मोनोरम दृष्य हेर्न आतुर मानिसहरुका लागी नेपालमा धेरै ठाँउहरु छन् । ती मध्ये एक महत्वपुर्ण धार्मिक एवं पर्यटकिय स्थल हो खप्तड । धरतीकै स्वर्गका रुपमा चिनिएको खप्तड जो कसैले पनि एक पटक अवश्य हेर्नै पर्ने पर्यटकीय स्थल हो । 
 
बाजुरा , बझाङ ,अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको पर्यटकिय क्षेत्र खप्तड सुदुरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य पनि हो । पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्रमा पुराणमा समेत यस क्षेत्रलाई खेचरादी पर्वतका रुपमा समेत वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको यूद्घ हुदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय यहाँ बिताएको किम्वदन्ती रहेको छ ।

चार जिल्ला मध्ये सवैभन्दा सजिलो र एकदम कम पैदल हिडेर खप्तड पुगिने बाटो बझाङबाट नै छ । धनगढीबाट बसमा बैतडीको खोड्पे हुदै बझाङको लामातोला गाविसमा झर्नुपर्छ । त्यहाँबाट ३ घण्टा पैदल हिडेपछि खप्तड पुगिन्छ । धनगढीबाट १० घण्टा बसको यात्रामा तमैल बजार सहजै पुगिन्छ । 

 

 

 
तर तमैलबाट जिपमा चढेर लमालोला बाट झरेर माझीगाँउको सिल्काबाडा हुदै ५ घण्टाको पैदल दुरीमा खप्तड पुगिन्छ । समुन्द्री सतहबाट ३३ सय फिट उचाई र २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र पर्यटकिय दृष्टीकोणका साथै धार्मिक हिसावले झनै महत्वपूर्ण रहेको बताउछन् यस क्षेत्र वरीपरीका स्थानीयहरु ।
 
बझाङ माझि गाबिस १ का ७५ वर्षीय राम रावल खप्तडलाई भगवान बस्ने मन्दिरका रुपमा वयान गर्छन् । उनि भन्छन् खप्तड पुग्ने बित्तिकै मनमा भएको कुविचार आफै हटेर जान्छ, राम्रो विचार मात्र मनमा आउँछ । छान्ना क्षेत्रबाट ३ घण्टाको उकालो हिडे पछि खप्तडको मनोरम दृश्यले मनमा भएको थकाई मेटीने र प्रकृति सगै लिन हुने आनन्द आउने गर्दछ । खप्तड धुम्ने पर्यटकहरुका लागी सबै भन्दा छोटो तथा भरपर्दो मार्गका रुपमा पनि बझाङबाट पर्छ ।
 


 
विक्रम संवत २००२ साल बझाङ्गी राजा रामजगं सिहं र छान्नाका स्थानीय समाजसेवी,जिते खड्काको अगुवाईमा खप्तडको घनघोर एक जंगलमा तपस्या समेत गरेका थिए । उहाँले यस खप्तडलाई देवभूमीका रुपमा रहको बताउदै देश विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार(प्रसार गरे पछि यस ठाँउको महिमा र सुनदरताले व्यापक चर्चा पायो । 
 
पछि उहाँ समेत खप्तड बाबाका नामले परिचित समेत बने । उहाँ २०५२ सालसम्म ५० वर्ष यसै भूमिमा बसे र २०५२ सालमै उहाँको निधन भयो । पौराणिक कालदेखि धार्मिक महत्व रहेको यस क्षेत्रमा खप्तड बाबाको बसाई पछि झनै चर्चा पाएको बताउछन यहाका पुजारी धुर्वराज जोशी । जोशीले यो ठाँउ पहिले खासै चर्चा थिएन । गाईगोरुको चरन क्षेत्रका रुपमा मात्र थियो, खप्तड बाबाको आगमन पछि राजा बिरेन्द्र लाई अग्रह गर्दा २०४२ सालमा राष्टिय निकुन्ज भएको बताए ।
 
 
 
खप्तड बाबाको चिसो समयमा बस्ने माझीगाँउ गाबिसको ठानाकोट पनि पर्यटकिय हिसाबले निकै सुन्दर मानिन्छ । वि. स.२००२ सालमा ठानाकोटमा कुटी बनाई चिसो समयमा बस्ने गरेको यो ठाँउ पर्यटकहरुको लागि निकै आर्कषक गन्तव्य बन्न सक्छ । 
 
भौतिक पूर्वधारको अभाव भएको यो ठाँउ खापरेश्वर सामुदायिक वनको अग्लो डाँडाँ मा अवस्थित यो ठाँउबाट सैपाल हिमाल, बडीमालिका हिमाल र बझाङ जिल्लाका अधिंकाश ठाँउहरु का रमणिय दृस्य देखिने हुनाले यस ठाँउ लाई खप्तड बाबाले छनौट गरेको यस क्षेत्रका बुढापाकाहरु बताउछन् ।
 
किन बन्छ सबैको आर्कषण खप्तड 
 
देशी तथा विदेशी पर्यटक हरुको प्रमुख गन्तव्य मध्य सुदुरपश्चिमको प्रमुख पहिलो गन्तव्य खप्तड नै हो । यस क्षेत्रमा रहेका २२ वटा ठूला(ठूला पाटन रगिं विरगिं फुलहरुले पर्यटकहरुको मन तान्ने गर्दछ । यसका अलवा विभिन्न ठूल(ठूला ढुङ्गाका आकृतिहरु नाग ढुङ्गा, हरिना चरिजेठी बहुरानी, छिन्टे ढुगां, र्याई घट्ट छ्याई पानि, भिम लौणी, लागायतका तमाम आकृती हरु रहेका छन् ।
 
 धमर्मिक रुपले महत्वपूर्ण मानिने  खप्तडमा बिभिन्न शक्ती  पिठहरु जस्तै सहस्रलिंग , त्रिबेणी , खप्तड बाबा आश्रम , खापर दह , त्रिबेणी, माईकाथान जस्ता ठाउमा पुजाआजा गर्नाले मनले चिताएको पुरा हुने बिश्वास रहदै आएको छ । यस क्षेत्रमा शिद्घहरुले तपस्या गरेकाले कहिले काही जगंलमा अप्सराहरु समेत भेटिने गरेको स्थानिय बुढापाका हरु बताउन्छन् । 
 
यहाँ जेठ महिनामा गंगा दशहरा मेला समेत लाग्ने गर्दछ । धार्मिकका साथसाथै पर्यटकिय हिसाबले पनि सुपको प्रमुख पर्यटकिय गन्तब्य रहेको बताउछन बझाङका भुमी सुधार मन्त्रलयका पूर्व सचिव विष्णु प्रसाद खत्री  । उनले खप्तडको विकासका लागी विभिन्न निकाय धाएको अर्थिक स्रोत समेत उपलब्ध हुदै गएकाले स्थानिय स्तरमा सही रुपमा परिचालन हुन नसकेको गुनासो गरे ।
 
 यस क्षेत्र लाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सके यो देश भरिकै महत्वपूर्ण पर्यटकिय क्षेत्र हुन सक्ने अनुमान गर्न सकिन्छ ।  यस क्षेत्रको अवलोकनका लागी मन्त्रालयका सचिव सहितको टोलिले भ्रमण गरेको थियो । खप्तडबाट फर्केपछि जो कोही पनि एक चोटी पुग्नै पर्ने ठाउँका रुपमा खप्तडको बयान गर्दछन् । प्रकृतिले नै रमाईलो बनाएको यस ठाँउमा ठुलाठुला घासे मैदान ,ससाना ढिस्का र रमाईलो जंगल रहेका छन् । गाई गोरु घोडाहरु रमाउने गर्दछन खप्तडका फाटहरुमा । 
 
चारैतिर घनघोर जंगल र बिचमा ठुला ठुला फाट रहेका छन । यस्तो जैविक विविधताले भरिएको क्षेत्रमा २०४२ सालदेखी राष्ट्रिय निकुन्ज समेत स्थापना गरिएको छ । साथै यस क्षेत्रको सुरक्षाका लागी २०४७ सालदेखी नेपाली सेनाको ब्यारेक पनि स्थापना गरिएको छ । खप्तडमा २ सय भन्दा बढी प्रजातिका फुल , बहुमुल्य जडिबुटीका साथै कस्तुरी , मृग, बदेल , डाफे जस्ता जंगली जनावरहरु पाइन्छन् । मंसिर देखी फगुन सम्म हिउले ढकमक्क हुने यस ठाउमा पर्यटकलाई बस्ने होटेल तथा आवश्यक अन्य पुर्वधारको अभावमा बिदेशी पर्यटकको आगमन न्युन रहेको छ । धर्तीमाताको स्वर्गका रुपमा परिचित खप्तड आवश्क पर्यटकिय पूर्वधार आवासगृह लगायतका व्यवस्था नहुदा अलपत्र बन्दै गएको छ । 
 

संरक्षणको पखाईमा खप्तड
 

 खप्तड क्षेत्रको विकासका लागी वर्षेनी करोडौको बजेट आउने भए पनि खप्तड पर्यटन बोर्डमा हुने राजनितिकरण र ब्यापक आर्थिक अनियमितताले यस क्षेत्रको विकास हुन सकेको छैन । खप्तड क्षेत्रलाई राजनितिक दलहरुका कार्यकर्ताले कमाईखाने भाडोका रुपमा प्रयोग गरेकाले  वर्षेनी अख्तियार दुरुपयोग आयोगमा उजुरी पर्ने भए पनि त्यसको छानविन प्रक्रिया फितलो हुने गरेकको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका सदस्य उतम रोकायाले बताए  । 
 
उनले यस क्षेत्रको संरक्षण सम्बर्धन गर्न राष्टिय निकुञ्ज स्थापना गरिएको भए पनि खप्तड वरिपरिका क्षेत्रहरुबाट व्यापक रुपमा  चोरी निकासी भई रहेकाले यसको स्वरुप दिन प्रतिदिन कुरुप बन्दै गएको उनको भनाई छ । खप्तड लाई पर्यटकिय क्षेत्र घोषणा गर्न तथा आवश्यक  पूर्वधार तयार गर्ने प्रतिबद्घता गर्दै प्रत्येक चुनावमा नेताहरु यस क्षेत्र वरिपरिका बासिन्दालाई भोट बैङ्कका रुपमा प्रयोग गर्दै आए पनि यस क्षेत्रको विकासका लागी भने कुनै पहल हुन सकेको छैन ।
 
 

तपाईंको बिचार