Thursday, March 23, 2017  |    

पर्यटकको आगमनको संख्या बढेसंगै होटल व्यवसायमा लगानी र सुबिधा थपिदैं

प्रकाशित मिति: 2016/05/08

वैशाख २६, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा पछिल्लो समय होटल व्यवसायमा लगानी र सुबिधा थपिने क्रम बढेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्रने क्रमसँगै नयाँ होटल खुल्ने र पुरानाले सुबिधा एवम् क्षमता विस्तार गरेका छन् ।

बेनी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने पर्यटक बढेपछि उनीहरुको सुबिधाका लागि बेनीमा नयाँ होटल खुल्ने तथा पुराना होटलले क्षमता बढाएका हुन् ।

पर्यटकीय जिल्लाको सदरमुकाम तथा मुस्ताङको प्रवेशद्धार भएकाले बेनीमा होटल खुल्ने क्रम बढेको हो ।होटलमा आउने पाहुना बढेपछि पुराना होटलहरुले पनि क्षमता बढाएको डेढ दशकअघि स्थापित यती होटलका सञ्चालक बुद्ध गौचनले बताए । उनका अनुसार पुराना होटलमा कोठा थप गर्ने, ईन्टरनेट जडान गर्ने, तातोपानीले नुहाउने व्यवस्था र छोटो दुरीमा पर्यटकलाई भ्रमण गराउने सुबिधा थपिएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ म्याग्दीका अनुसार हाल बेनीमा ४०ओटा होटल तथा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् भने करीब एक हजार जनाले बास बस्न सक्छन् । बि.स २०६५ सम्म आन्तरिक तथा बाह्य पर्यटकका लागि बेनीमा २ ओटा मात्र होटल थिए । मुस्ताङ भ्रमणमा जाने आउनेलाई लक्षित गरि बेनीको कालीपुल र शिक्षामार्ग क्षेत्रमा नयाँ होटल खोलीएका छन् ।

एक वर्षयता मात्र बेनीमा १० ओटा नयाँ होटल थपिएका छन् । होटल तथा रेष्टुरेष्ट व्यवसायमा पाँच वर्षयता २० करोड रुपैयाँ भन्दा बढी लगानी थपिएकोहोटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ म्याग्दीकाअध्यक्ष गोपाल शर्माको अनुमान छ । होटल तथा रेष्टुरेष्ट व्यवसायमा बिदेशबाट फर्कीएकाहरुको आकर्षण पनि बढ्दो छ ।  

 
 

तपाईंको बिचार