Friday, October 20, 2017

निटको प्रथम राष्ट्रिय अधिवेशन जेष्ठ २९ गते काठमाण्डौमा

प्रकाशित मिति: 2016/05/08

बैशाख २६, काठमाण्डौ । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट) नेपालले प्रथम राष्ट्रिय अधिवेसन जेष्ठ २९ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ । संघका केन्द्रिय अध्यक्ष दिपक महतको अध्यक्षतामा संघको सचिवालय नयाँबजारमा बसेको बैठकले उक्त निर्णय गरेको हो  । 
यसका साथै निटले अधिवेशनमा भाग लिने सबै प्रतिनिधिले नयाँ सदस्यता प्राप्ति वा नबिकरण गर्नै पर्ने प्राबधानलाई कडा रुपमा लागु गर्ने भएको छ । निट नेपालको सदस्यता वा नबिकरण नगरेका कुनै पनि सदस्यहरुले अधिवेसनमा भाग लिन नपाउने समेत निर्णय गरेकोे छ । सदस्यता प्राप्त गर्नका लागि जेष्ठ १५ गतेसम्मका लागि तोकीएको संघले जनाएको छ । 
यसका साथै संघको प्रथम राष्ट्रिय अधिवेशन भव्यतासाथ सम्पन्न गर्नका लागि केन्द्रिय अध्यक्ष महतको संयोजकत्वमा ७५ सदस्यीय प्रथम राष्ट्रिय अधिवेशन मूल व्यवस्थापन समिती गठन गर्ने निर्णय समेत गरीएको छ । बाँकि अन्य सदस्यहरुको हकमा पूर्वाञ्चलदेखि पश्चिमाञ्चलसम्म सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मूल व्यवस्थापन समिती निर्माण गर्ने निर्णय समेत भएको छ । यसका साथै केन्द्रीय तथा शाखा कार्यसमितीहरुमा रहने पदाधिकारी र सदस्यहरुको संख्या बढाउने, सल्लाहकार परिषदको व्यवस्था गर्ने, पर्यटकीय उपज तथा संगठनात्मक गतिविधी अनुसार विभिन्न विभागहरुको व्यवस्था गर्ने लगायतका विषयहरुमा संशोधन प्रस्ताव तयार गर्नका लागि विधान संशोधन समिती गठन गरिएको संघले जनाएको छ ।

 

तपाईंको बिचार