Tuesday, June 27, 2017  |    

पर्यटन विकास गर्ने यस्तो छ सरकारी योजना, २०१८ लाई नेपाल भ्रमण वर्ष

प्रकाशित मिति: 2016/05/09


    सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आईतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गर्नुभएको हो ।     यो वर्षभरिमा १० लाख पर्यटक नेपाल भित्र्याउने लाक्ष्य पनि सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । 
पर्यटन विकास गर्ने यस्ता छन् सरकारी योजना 
१) पर्यटनक्षेत्रको विकास गर्न पर्यटकीय गन्तव्यहरुको स्तरोन्नति, नयाँ गन्तव्यहरुको पहिचान र पूर्वाधार विकास तथा बजारीकरणमा जोड दिइने छ। दशबर्षे राष्ट्रिय रणनीतिक पर्यटन योजना कार्यान्वयन गर्नुको साथै छिमेकी मुलुकहरुबाट बढी पर्यटक आकर्षण गर्ने प्रवर्धनात्मक कार्यक्रम ल्याइने छ। दशलाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०१८ लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन कार्यक्रम सञ्चालन गरिने छ।
२) वि.सं.२०७३ साललाई आन्तरिक भ्रमणबर्षको रुपमा मनाई आन्तरिक पर्यटन मार्फत आय र रोजगारी प्रवर्धन गरिने छ । प्रत्येक प्रदेशमा कम्तीमा एक प्रमुख स्थललाई केन्द्रबिन्दु मानी पर्यटकीयक्षेत्र र गन्तव्यको विकास गरिने छ । धार्मिक पर्यटन प्रवर्धन गर्न ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गरिने छ।
३) पर्यटकहरुलाई पदयात्रा र पर्वतारोहण अनुमति दिने व्यवस्थालाई एकीकृत गरिने छ। पर्यटन गन्तव्य र पर्यटकीय सेवा सुविधाको जानकारी दिने मोबाइल सूचना प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइने छ। पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन मौसमको पूर्वानुमान गरी पूर्व सूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाइने छ। सगरमाथा र अन्नपूर्णक्षेत्रमा एकीकृत उद्धारकेन्द्र निर्माणको कार्य सुरु गरिने छ।
४) मुलुकको साँस्कृतिक विविधताको संरक्षण र प्रवर्धन गर्दै विभिन्न जातजाति तथा भाषाभाषीहरुको रहन–सहन, रीति–रिवाज, भाषा, साहित्य र परम्परा समेत झल्कने गरी काठमाडौं उपत्यकामा राष्ट्रिय सांस्कृतिक संग्रहालय निर्माणको कार्य अघि बढाइने छ।
५) हवाइ यातायातलाई ग्रामीण तहसम्म बिस्तार गर्ने उद्देश्य सहित थप विमानस्थल निर्माण गरिने छ। सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालनमा ल्याइने छ। सबै प्रदेशहरुमा एक–एकवटा साँस्कृतिक ग्राम स्थापना गरिने छ। दुर्गमक्षेत्रका गाउँलाई प्राथमिकतामा राखी क्रमशः सबै नगर–गाविसमा हेलीप्याड निर्माण कार्यक्रम सुरु गरिने छ।
६) प्रत्येक प्रदेश, एक प्रादेशिक अन्तर्रा्ष्ट्रिय विमानस्थलको अवधारणा अनुरुप निर्माणका लागि संभाव्यता अध्ययन सुरु गरिने छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने छ ।
७) गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिई निर्धा्रित समयमा पूरा गरिने छ । बारामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा प्राप्ति तथा सीमाङ्कनको कार्य सम्पन्न गरी निर्माण कार्य सुरु गरिने छ ।
८) नेपालको हवाइ उड्डयनलाई थप सुरक्षित बनाउन अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुप हवाइ सुरक्षा मापदण्ड कडाइका साथ लागु गरिने छ। आन्तरिक हवाइ सुरक्षा सुधार गर्न राडार प्रणालीको स्तरोन्नति गरिने छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउँदै यसको साख वृद्धि गरिने छ।

 

तपाईंको बिचार