हिमालमा हराएका पर्यटक मृत भेटिए

वैशाख २८, मनाङ । हिमालपारीको जिल्ला मनाङको पिसाङ हिमाल चढेर र्फकने क्रममा बेपत्ता भएका रसियन नागरिक मृत अवस्थामा फेला परेका छन् ।
गत मंगलबारदेखि हराएका पर्यटक सोमबार फेला परेको मनाङ प्रशासनले जनाएको छ । हिमाल आरोहण गरि फर्केका ५१ वर्षीय सर्जे कार्निशोभ सोमबार मृत अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
उनका अनुसार हिमाल चढेर झर्ने क्रममा ५ हजार ८ सय मीटरको उचाइमा ती विदेशी नागरिक मृत अवस्थामा भेटिएका हुन् ।
कार्निशोभलाई खोज्न ३र४ दिन हेलिकप्टर परिचालन गरिएको थियो । ७ जनाको टोलीमध्ये अन्य भने फर्केका छन् । मृतक पर्यटकका छोरा रुसबाट मनाङ आएका छन् ।
तपाईंको बिचार