Saturday, June 24, 2017  |    

गोरखा पर्यटनले मनायो मनास्लु हिरक जयन्ती

प्रकाशित मिति: 2016/05/10

बैशाख २७  । गोरखा पर्यटनले मनास्लु हिमालको हिरक जयन्ती मनाएको छ । जापानी टासियो इामनीसी र नेपालि ग्याल्जेन नोर्वु शेर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेको दिन ९ मेलाई स्मरण गर्दै एक औपचारिक कार्यक्रमको आयोजना गरी उसले हिरक जयन्ती मनाएको हो । सरकारले भने गत अप्रिल ३० मै हिरक जयन्ती मनाएको थियो । 
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले स्मारिका विमोचन गर्नुभयो । उहाँले सो अवसरमा बोल्दै आजकै दिन जापानमासमेत मनास्लु हिमालको आरोहणको हिरक महोत्सव मनाइने भएकोले जिवित आरोहीलाई ल्याउन समस्या परेकोले अप्रिल ३० मा मनाइएको बताउनुभयो । 
सहभागिहरुले मनास्लु क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा अधिकांस संघ संस्थाका प्रतिनिधिको उपस्थिती भए पनि मन्त्रालय र पर्यटन बोर्डको उपस्थिति भएन । 

 

तपाईंको बिचार