Friday, July 28, 2017  |    

नारायणहिटी सङ्ग्रहालयको आम्दानी १७ करोड

प्रकाशित मिति: 2016/05/10

वैशाख २८,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गरेको छ। राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ ।

सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ । दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिए । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उनको भनाइ छ । सङ्ग्रहालयमा १४२ कर्मचारी कार्यरत छन् । सङ्ग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताए । राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताए । स्व राजा त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो । सो कक्षको अवलोकनपछि धादिङबाट आएकी सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताइन । विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए । वैशाख २८,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गरेको छ। राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ । दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिए । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उनको भनाइ छ । सङ्ग्रहालयमा १४२ कर्मचारी कार्यरत छन् । सङ्ग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताए । राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताए । स्व राजा त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो । सो कक्षको अवलोकनपछि धादिङबाट आएकी सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताइन । विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए ।

तपाईंको बिचार