Friday, October 20, 2017

लाङटाङ सुरक्षित छ भन्ने सन्देश दिन लाङटाङ म्याराथन

प्रकाशित मिति: 2016/05/11


    बैशाख २८, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले लाङटाङ सुरक्षित छ भन्ने सन्देश दिन लाङटाङ म्यारथनको आयोजना गरेको छ । भूकम्प पछि लाङटाङमा ठुलो क्षति पु¥याएको र असुरक्षित समेत रहेको रहेको अनावश्यक हल्ला मेटाउन टानले सगरमाथा दिवसको अवसर पारेर मे २९ गते म्याराथन आयोजना गरिएको हो । 
    म्यारथनमा सहभागि हुन चाहने धावकले टान सचिवालयमा नाम दर्ता गराउन सक्ने टानका द्वितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिधावक चार हजार रुपैयाँ शूल्क लाग्नेछ । प्रतियोगितामा प्रथम प्रथम, द्वितिय र तृतीय हुने पुरुष र महिला दुबै समूहका धावकले क्रमश ५० हजार , ४० हजार र ३० हजार पुरस्कार पाउने छन् । म्याराथन दौडको उद्घाटन राष्ट्रपति विद्यादेवि धण्डारीले गर्ने कार्यक्रम रहेको छ । राजधानीका तारेहोटलमा भाषणबाजी गरेर मनाईदै आएको सगरमाथा दिवस प्रचारमूलक बनाउन उपाध्यक्ष सापकोटाले म्याराथन दौडको अवधारण  ल्याउनु भएको हो । 

 

तपाईंको बिचार