Wednesday, March 29, 2017  |    

निटसँगको वार्ताको औचित्य समाप्त भयो : थपलिया

प्रकाशित मिति: 2016/05/12


बैशाख ३०, काठमाडौं । दुई टुक्रामा विभक्त कांग्रेस समर्थित पर्यटन व्यवसायीहरु विच एकताको प्रयास विफल भएको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट—नेपाल) ले अलोकतान्त्रिक व्यवहार प्रर्दशन गरेको भन्दै लोकतान्त्रि व्यवसायी संघ वार्ताबाट बाहिरिने घोषणासँगै निट–नेपाल र लोकतान्त्रिक विच एकताको प्रयास विफल भएको हो । बैशाख २६ गते दुबै संस्थाले वार्ता टोली गठन गरि एकताको वार्ता थालनी गरेका थिए । 


 एकताको लागि विभिन्न तबरबाट भएका दुई पक्षिय वार्तामा निट–नेपालले समझदारीका आधारमा अगाडि बढ्ने भन्दा पनि गैरप्रजातान्त्रिक तबरबाट  झुकाउन खोजेको भन्दै लोतान्त्रिक वार्ताबाट बाहिरएको वार्ताटोलीका संयोजक समेत रहेका लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष रामशरण थपलियाले बताउनुभयो । निट नेपालले उपाध्यक्ष केशव पाण्डेको संयोजकत्वमा वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र केदार दवाडी सदस्य रहेको तीन सदस्यि वार्ता कमिटि गठन गरेको थियो । त्यस्तै लोकतान्त्रिकले पनि अध्यक्ष थपलियाको संयोजकत्वमा कुमार अधिकारी, नविन त्रिताल, सोनाम ग्याल्जेन शेर्पा र चोलेन्द्र कार्की सदस्य रहेको वार्ता कमिटि गठन गरेको थियो । 

सम्मान सहभागिता र लोकतान्त्रिकलाई नजरअन्दाज गरेकाले अब एकताको वार्ताको औचित्य सकिएको थपलियाले बताउनुभयो । ‘म प्रजातान्त्रिक विचारधाराका व्यवसायी विचको वृहत एकताको पक्षमा  छु, थपलियाले गन्तव्य नेपालसँग भन्नुभयो, त्यसैका लागि केही लचकता देखाएर हामी वार्तामा बस्यौ तर हाम्रो लचकतालाई कमजोर ठानेर निट नेपालले झुकाउन खोज्यो , एकता झुकेर होइन् सम्मानजनक सहभागिताका आधारमा  मात्र हुन्छ त्यसकारण अव हामी वार्तामा बस्दैनौ ।’ मिल्ने नाउमा संस्था र व्यक्तिलाई बाइपास गरेर अलोकतान्त्रिक गठबन्धन गर्न नसकिने भन्दै अव लोकतान्त्रिक व्यवसायी संघलाई बृहत बनाउदै देशभर शाखा विस्तारको अभियानमा आजैबाट आफु र आफ्नो टिम आक्रामकढंगबाट लाग्ने उहाँले बताउनुभयो । उहाँले वार्ताका लागि पहल कदमी लिएकोमा निट नेपालका वार्ता कमिटि सदस्यलाई एकताकोपहल कदमीका लागि धन्यवाद समेत दिनुभयो । 

 

तपाईंको बिचार