Thursday, March 23, 2017  |    

आइएफएससीमा सहभागि खेलाडीलाई बिदाई

प्रकाशित मिति: 2016/05/12


बैशाख ३०, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले इन्टरनेशनल फेडेरेशन अफ स्पोष्ट क्लाइम्विङ वल्डकप (आइएफएससी)मा जाने नेपाली खेलाडीलाई बिदाई गरेको छ । संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गर्नुभएको हो । 
    आगामी मे १४,१५,१६ मा भारतको मुम्वईमा हुने प्रतियोगिता नेपालका तर्फबाट चार खेलाडी सहित एकजना प्रशिक्षक सहभागि हुने छन् । सो प्रतियोगितामा २४ देशका ८१ जना खेलाडी सहभागि हुनेछन् । सात वर्ष अघि देखि सुरु हुन थालेको यो प्रतियोगितामा नेपालले पाँच वर्ष देखि निरन्तर सहभागिता जनाउदै आएको छ । 

 

तपाईंको बिचार