Thursday, March 23, 2017  |    

पदमार्गमा पर्याप्त होटल नहुदा पर्यटक समस्यामा

प्रकाशित मिति: 2016/05/13

वैशाख ३१, मनाङ । माथिल्लो मनाङको टंकी पदमार्गमा पर्याप्त मात्रामा  होटलहरु  नहुदा पर्यटकले सास्ती खेप्नुपरेको छ । पर्यटकहरुले पदमार्गमा आफै खाना पकाएर खानुपर्ने बाध्यताको सामना गर्दै आइरहेका छन् ।    यसरी आफै खाना पकाउनुपर्दा समयमै गन्तब्यमा नपुग्ने बताय एक पर्यटकले । 
 तर कतिपय पर्यटकरुले पदयात्राको खर्च घटाउन आफैँ पकाएर खाने पनि गर्छन ।   राउन्ड अन्नपूर्ण पदमार्गमा आउने करिब २० प्रतिशत पर्यटक पदयात्राभरि आफूलाई चाहिने सबै खानेकुरादेखि पकाउने ग्यास स्टोभ र अन्य भाँडासमेत लिएर आउने गर्छन् ।  २८ दिन लामो पदमार्ग छोट्टिएर ७ दिनमा झरिरहेका बेला सेल्फ कुकिङ गर्ने विदेशी पर्यटक पदमार्गमा आउन थालेपछि मनाङका पर्यटन व्यवसायी समस्यामा परेका छन् । पदयात्राका लागि आउने पर्यटकले राति सुत्न पनि निः शुल्क कोठमा माग्छन् ।
 

 

तपाईंको बिचार