Wednesday, June 28, 2017  |    

मकालु हिमालमा ज्यान गुमाएका गाईडको शव ल्याउन कठिनाई

प्रकाशित मिति: 2016/05/13

वैशाख ३१,काठमाडौं ।  मकालु हिमाल आरोहणका क्रममा बुधबार ज्यान गुमाएका २ जना गाईडको शव ल्याउन सकिएको छैन । लगातार परेका हिउँका कारण विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४६३) मा ज्यान गुमाएका गाईडको शव ल्याउन समस्या भएको हो ।

 प्रहरीका अनुसार लगातार हिँउ परिरहेकाले हेलिकप्टर मकालु बेसक्याम्पसम्म अवतरण गर्न सकेको छैन । बेसक्याम्प करिब ४ हजार ८ सय ३२ मिटरको उचाईमा पर्छ । त्यहाँ दिनभरी हिँउ परेको छ । हिँउ सँगै बेसक्याम्प वरीपरी बाक्लो हुस्सु लागेकाले धेरैसमस्या पारेको प्रहरीले जनाएको छ ।  शव ल्याउनका लागि लुक्लामा हेलिकप्टर तयारी अवस्थामा राखिएको प्रहरीले जाकारी दिएको छ । संखुवासभा, मकालु–५ नुर्पु गाउँका ५१ वर्षीय लाक्पा शेर्पा र सोलुखम्बु जुबिङ–१ का ३५ वर्षीय दावातेन्जी शेर्पाको बुधबार बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको थियो  ।  

मकालुको सेदुवा प्रहरी चौकीबाट मकालु बेसक्याम्प पुग्न ५ दिन पैदल हिँड्नु पर्छ । सबैतिर हिँउ परिरहेकाले प्रहरी पनि घटनास्थल जान सकेको छैन । उद्धारकालागि हेलिकप्टरको विकल्प छैन । मकालु हिमालको ८ हजार ३ सय मिटर उचाईमा पुगेका दुवै शेर्पाको टेन्ट भित्रै सुतेकै अवस्थामा मृत्यु भएको थियो । प्रहरीको टोली हिमपात भएपछि बाटोबाटै फर्किएको छ ।
 
मृतक लाक्पाल मकालु हिमाल चढ्न निक्कै अनुभवी भएको स्थानीयले बताएका छन् । उनले यस अघि चारपटक सफल मकालु हिमाल आरोहण गरेको थामसेर्कु ट्ेरेकिङ एजेन्सीले जनाएको छ । दावातेन्जीको भने यो पहिलोपटक थियो । थामसेर्कु ट्ेरेकिङ एजेन्सीबाट मकालु आरोहणका लागि ८ जर्मनी, १ अष्ट्रियाली,  १ नेदरल्यान्डका, १ स्विजरल्याण्डका गरी ११ जना टोलीसहित मकालु बेसक्यापको २ नम्बर क्याम्प भन्दा माथि पुगेका थिए । हिमालबाट मृतकहरुको शव मकालुको हाईक्याम्पसम्म ल्याइएको छ ।


 

तपाईंको बिचार