Friday, October 20, 2017

पर्यटनमा अवैध कारोबारको जगजगी

प्रकाशित मिति: 2016/05/13

विश्वासका आधारमा चल्ने व्यवसायहरुमध्ये पर्यटन पनि एक हो । त्यसैले त यो व्यवसायलाई मर्यादित र सम्मानित रुपमा हेर्ने गरिन्छ तर पछिल्लो समयका केही दृष्टान्तहरुले त्यसलाई गलत साबित गरिदिएको छ । पर्यटन क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले अवैधानिक तरिकाबाट कारोबार गर्नेहरुको बिगबिगी बढिरहेको दृष्टान्तबाट यस्तो पुष्टि भएको हो ।  

पर्यटकको पहिलो स्वागतद्धार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य पर्यटकीय केन्द्र अनि पदमार्ग तथा हिमालय क्षेत्रमा अवैध कारोबार गर्नेहरुको सञ्जाल निकै मजबुद देखिन्छ । यसैबीच, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ट्राभल्स एजेन्सीमा छापा मार्दा अवैध रुपमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने केही कम्पनीहरुको पहिचान गरेको छ । टोलीले काठमाडौंका विभिन्न ट्राभल्स एजेन्सीको कार्यालयमा छापा मार्ने क्रममा टोलीले हिमालयन रेडपाण्डा, इन्टरनेशनल ट्रेडलिंक नेपाल, किङ अकवर टूर एण्ड ट्राभल्स र सिटी टूर एण्ड ट्राभल्सलगायतका कागजात नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । श्रम तथा रोजगार मन्त्री दीपक बोहरासहितको टोलीले छापा मार्ने क्रममै विमानस्थलको विशिष्ट कक्षबाट नक्कली कागजात बनाएर विदेश जान लागेको आरोपमा ४ जना महिलालाई नियन्त्रणमा लिएको छ । पर्यटकीय केन्द्रहरुमा विभिन्न बहानामा अवैध रुप कारोबार गर्नेहरुको गिरोह सक्रिय रहेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ । केही दिनअघि काठमाडौंको न्युरोडमा अवैध रुपमा हुण्डी कारोबार सञ्चालन गर्दै आएका बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ । न्युरोडमा मुक्तिनाथ इन्टरनेशनल बिजनेश प्रालिको नाममा अवैध कारोबार गर्दै आएको सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले छापामारेर उनीहरुलाई पक्राउ गरेको हो ।

 

पर्यटकीय उडानहरु सगरमाथा बेस क्याम्पभन्दा माथिल्लो उचाइमा लैजान पाइँदैन तर पछिल्लो समय ५ हजार ३ सय ६४ मिटरभन्दा माथि फ्लाइटहरु उड्न थालेको समाचार बाहिर आइरहेका छन् । 

 

 

उनीहरुको साथबाट प्रहरीले एक लाख ८१ हजार रुपैयाँ नगद, ४२ लाख ६९ हजार रुपैयाँको चेक, चार करोड २४ लाखको बंैक भौचर बरामद गरेको छ । कम्पनीका म्यानेजर अर्जुन तिम्लिसिनालाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सोह्रखुट्टे प्रमुख सबेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

त्यस्तै हिमाली क्षेत्रमा कानुनविपरीत हवाई उडान गरेर डलर कमाउनेहरु दिन प्रतिदिन बढिरहेको भेटिएको छ । पर्यटकीय उडानहरु एभरेस्टको बेस क्याम्पभन्दा माथिल्लो उचाइमा लैजान पाइँदैन । तर पछिल्लो समय ५ हजार ३ सय ६४ मिटरभन्दा माथि फ्लाइटहरु उड्न थालेको समाचार बाहिर आइरहेका छन् । 

तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको समाचारअनुसार शेर्पाहरुले अहिले धमाधम आरोहण सामाग्रीहरु माथिल्ला क्याम्पतर्फ लगिरहेका छन् । हेलिकोप्टरहरु खुम्बु आइसफलभन्दा माथिल्लो उचाइमा गइरहेका छन् र उनीहरुलाई हामीलाई अफ्ठेरो परिस्थिति सिर्जना गरेका छन् । हेलिकोप्टरबाट उत्पन्न हुने भाइब्रेशनले हिउँको ढिक्का क्र्याक हुने भएकोले यो अत्यन्तै संवेदनशील हुन्छ । हेलिकोप्टरले थप भय सिर्जना गरेको छ ।

हेलिकोप्टर कम्पनीहरुले भने खुम्बु आइसफल देखाउनका लागि फ्लाइटहरुले अनुमति पाएको भनेर चोखिन खोजिरहेका छन् । अनुमति बिना नै हेलिकप्टरहरु दृश्यावलोकका लागि यात्रुहरुलाई सगरमाथा आसपास लैजान थालेपछि नेपाली अधिकारीहरु चिन्तित देखिएका छन् । आरोहणमा जानेहरुले हेलिकोप्टरबाट उत्पन्न हुने कम्पनले हिमपहिरो जाने खतरा रहेको भन्दै यसमा आपत्ति जनाएपछि चिन्ता उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ । 

यो त उदाहरणीय घटनामात्रै हो । यसबाट हामी के अनुमान गर्न सक्छाँै भने यरी अवैध रुपमा हुने घटनाहरु दिन प्रतिदिन मौलाइरहेका छन् र यो क्रम अझ तीव्रतर रुपमा बढिरहेको छ । तसर्थ, अब यसलाई दीर्घकालीन रुपमा समाधान गर्नको लागि सरकार र सम्बन्धित निकायले तदारुकता देखाउने कि ?

तपाईंको बिचार