Thursday, March 30, 2017  |    

पर्यटन प्रर्वद्धनमा नाट्टाको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

प्रकाशित मिति: 2016/05/13

 

बैशाख ३१, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को नाट्टा मिडिया एण्ड पब्लिसिटी कमिटिको पहिलो वैठक नाट्टाको सचिवालयमा सम्पन भएको छ । 

 

बैठकमा नाट्टाका महासचिव तथा मिडिया पब्लिसिटी कमिटीका अध्यक्ष भिमप्रसाद पन्तले नाट्टा र मिडियाहरुको सम्बन्ध मजबुत बनाउन र पर्यटन पवद्र्धनको लागि नाट्टाको भुमिका थप प्रभावकारी होस भन्नको लागि यो कमिटी गठन गरिएको बताउनुभयो । उहाँले नाट्टाका गतिबिधिहरुलाई सञ्चारमाध्यममा ससक्त बनाउन आग्रह पनि गर्नुभयो ।

 

त्यसैगरी नाट्टाका सचिव सुधिर कुमार उपाध्यायले नाट्टाले पर्यटन प्रर्वद्धनको लागि ससक्त रुपमा अगाडि बढिरहेकोले सम्पुर्ण मिडियाका साथीहरुलाई सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
उहाँले मिडियासँग आत्मिय सम्बन्ध गाँसेर अघि बढ्ने समेत बताउनुभयो । त्यसैगरी नाट्टा मिडिया एण्ड पब्लिसिटी कमिटीका सदस्य तथा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का केन्द्रिय अध्यक्ष शिव अधिकारीले नाट्टाले पहिलोपटक प्राइभेट मिडियाहरुलाई समेट्ने प्रयास गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा नाट्टाको मिडिया सेन्टरलाई प्रभावकारी बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फार्मटिपहरुमा अनिवार्य रुपमा पर्यटन पत्रकारहरुलाई सहभागि गराउन सुझाव दिनुभयो । 
उहाँले नेपाल टुरिजम बोर्डको कार्य नै पर्यटन प्रर्वद्धन गर्ने भएकोले बोर्डसँग अथाह बजेट रहेकोले बोर्डसँग समन्वय गरेर पर्यटन प्रर्वद्धनको लागि पर्न सुझाव दिनुभयो । नाट्टाले यसअघि भिम प्रसाद पन्तको अध्यक्षतामा १२ सदस्यिय कमिटी गठन गरेको थियो । 

तपाईंको बिचार