Friday, October 20, 2017

दुई दिनमा ५० भन्दा बढिले गरे सगरमाथा आरोहण

प्रकाशित मिति: 2016/05/14


जेठ १, काठमाडौँ । हिमपहिरो र भूकम्पका कारण लगातार दुई वर्ष सम्म रोकिएको सगरमाथा आरोहण  विहिबार र शुक्रबार मात्र ५० भन्दा बढिले सगरमाथाको सफल आरोहण गरेका छन् ।  त्यसअन्तर्गत १३ नेपालीसहित २७ जना आरोहीले शुक्रबार सगरमाथाको सफल आरोहण गरेका छन् । मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 
यसअघि बिहीबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यसरी तीन दिनमा ४२ आरोहीले सगरमाथा आरोहण गरेका छन् । अहिले धेरै आरोही समूह क्याम्प चार नजिक पुगेको र शनिबारसम्म धेरै संख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ । पर्वतारोहण शाखाको तथ्यांक अनुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् । 

 

तपाईंको बिचार