Friday, June 23, 2017  |    

अमेरिकामा नेपाल डे परेडको आयोजना हुने (भिडियो सहित)

प्रकाशित मिति: 2016/05/15

जेष्ठ २ । नेपालको गणतन्त्र दिवसको सन्दर्भमा आगामी मे २२ मा अमेरिकामा पहिलो पटक नेपाल डे परेड हुने भएको छ ।

उक्त दिन न्यूयोर्कको मानह्यान्टन सहर स्थित ब्रोडवेको २९ देखि १८ स्ट्रीट सम्म पहिलो पटक नेपाल डे परेड हुने अमेरिकामा बस्दै आएका गैरआवसीय नेपाली तथा समाजसेवी मंगलदास श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न जातजातिहरू र समुदायको बाजागाजा सहित नेपाली कला र संस्कृतिको झाँकी सहित हुने उक्त परेडमा सगरमाथा , बुद्ध , पशुपति , रामजानकी , लुम्बिनीको प्रदर्शन गरीने छ । 
न्यूयोर्क र त्यस आसपास रहेका विभिन्न ३ दर्जन भन्दा बढी संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त परेडमा करीब ३ देखी ५ हजारको संख्यामा नेपालीहरूको सहभागीता रहने अनुमान गरीएको छ । परेडले नेपालमा अमेरिकन पर्यटकहरूको बृद्धि र अमेरीकामा नेपालीहरूको राम्रो उपस्थिती रहेको देखाउंने अवसरको रूपमा पनि प्रयोग गरीने बताइएको छ ।

#परेड सम्बन्धीत भिडियोका लागि यहाँ थिच्नुहोस ।

तपाईंको बिचार