लायन्स क्लव काठमाडौं होराइजनको अध्यक्षमा शिब अधिकारी निर्विरोध निर्वाचित

जेष्ठ २, काठमाण्डौ । लायन्स क्लव काठमाडौं होराइजनको अध्यक्षमा लायन शिव अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । गन्तव्य नेपाल साप्ताहिक एवं गन्तव्य नेपाल न्यूज डटकमका अध्यक्ष लायन अधिकारी सन् २०१६/१७ का लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यस्तै प्रथम उपाध्यक्ष लायन मनोजकुमार श्रेष्ठ (भँडेल), द्वितिय उपाध्यक्षमा दुर्गानाथ न्यौपाने( बलराम), सचिवमा लायन टिका भण्डारी, कोषाध्क्षमा लायन हरिशरण थपलिया, क्लब मेम्बरसिप चेयरपर्सनमा लायन रामकुमार थपलिया निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थापक अध्यक्ष एवं ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र पूर्वअध्यक्ष इश्वरी पौडेललाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै क्लब डाईरेक्टर सदस्यहरुमा लायन सागर बिष्ट, लायन उपेन्द्रनरसिंह अधिकारी, लायन दिलिप प्रसाद आचार्य, लायन हेमकुमार बिडारी, लायन मुना थपलिया, लायन श्याम बहादुर ढुंगेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
लायन्स कल्व इन्टरनेशनल डिष्ट्रीक ३२५ एटू अन्तर्गत लाइनेन्टिक एयर २००२÷२००३ मा लायन रामशरण थपलियाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सहित लायन्स क्लव काठमाडौं होराइजनको स्थापना भएको थियो । स्थापनाकाल देखि क्लवले रक्तदान, बाढी, भूकम्प पिडितलाई सहयोग, मोतिबिन्दुको अपरेसन, बालबालिकालाई पठन पाठनका लागि सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
तपाईंको बिचार