Monday, May 1, 2017  |    

सुनकोसीमा र्याफ्टिङ सञ्चालन

प्रकाशित मिति: 2016/05/16

जेठ ३, सिन्धुली । सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकलाइ लक्षितगरि सुनकोसीमा पहिलोपटक व्यावसायिक रुपमा जलयात्रा र्याफ्टिङ  सुरु गरिएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले सुनकोसीमा  र्याफ्टिङ  सुरु गरेको हो । सुनकोसी नदीमा  र्याफ्टिङ  सञ्चालनपछि जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदा भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको छ । बिपी राजमार्ग नजिकै रहनुले पनि  र्याफ्टिङ  व्यवसाय राम्रोसँग चल्ने आँकलन गरिएको छ । 

सुनकोसीमा  र्याफ्टिङ  सञ्चालन गर्न पर्यटन विभागले सहयोग गरेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले बताए ।  सुनकोसीमा  र्याफ्टिङ  सञ्चालनपछि ऐेतिहासिकस्थल सिन्धुली गढी, हरहिरपुर गढी, मधुगङ्गा महादेव मन्दिर, कमलामाई मन्दिर, सिद्धबाबा मन्दिरलगायत अन्य स्थलमा पर्यटकीय क्षेत्रका रुपमा विकाससँगै पर्यटक भित्र्याई जिल्लालाई विश्वसामु चिनाउन एउटा इँटा थप्ने उनको भनाइ छ । 

 

तपाईंको बिचार