Monday, August 21, 2017  |    

डल्ला होमस्टे नेपालकै उत्कृष्ट होमस्टे घोषणा

प्रकाशित मिति: 2016/05/16

जेठ ३, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रमा पर्ने सूर्यपटुवा–४ डल्ला होमस्टे नैपालकै उत्कृष्ट होमस्टे बनेको छ । बेलायती राजकुमार ह्यारीले समेत होमस्टे डल्लाको अवलोकन गरेको उत्त होमस्टेलाई  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारागाउँ विकास समितिले बर्दियाको जैविक मार्ग डल्ला सामुदायिक होमस्टेलाई उत्कृष्ट होमस्टे घोषणा गरेको हो ।
तेस्रो होमस्टे (घरवास) राष्ट्रिय कार्यशाला गोष्ठीमा जैविक मार्ग डल्ला होमस्टेलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समितिले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गर्दै एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । होमस्टेमा आवासको व्यवस्था, खानपिन, स्थानीय परिकार, स्थानीय कला संस्कृति, सरसफाई, अतिथि सत्कार, होमस्टेमा आगन्तुकको पहुँच लगायत सुविधाका आधारमा डल्ला होमस्टेलाई उत्कृष्ट घोषणा गरिएको तारागाउँ विकास समितिले जनाएको छ ।

नेपालका विभिन्न स्थानमा गरी अहिले एक सय ६० होमस्टे सञ्चालनमा छन् । जैविक मार्ग डल्ला होमस्टे २०६७ सालमा स्थापना भएको हो । डल्ला गाउँमा अहिले २२ वटा होमस्टे घर छन् । वर्षेनी झण्डै १२ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम थारुले जानकारी दिए ।

जैविक मार्ग डल्ला गाउँ होमस्टेमा थारु समुदायको बाहुल्यता भएकाले होमस्टेमा थारु परीकार र थारु संस्कृतिका विभिन्न नाच प्रस्तुत गरिन्छ ।   

 

तपाईंको बिचार