Monday, December 11, 2017

बौद्ध सम्मेलनको तयारी पुरा,चीन र भारतबाट उच्च सहभागिता नहुने

प्रकाशित मिति: 2016/05/17

जेठ४, काठमाडौं ।  सरकारले २५६० औं बुद्ध जयन्तीको अवसरमा आउदो बिहीबारदेखि आयोजना  गर्नलागेको तिनदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पुरा भएको काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा आयोजित ‘ब्रिफिङ’ मा लुम्बिनीलाई अन्तर्रा्ष्ट्रिय शान्ति केन्द्रका रूपमा विकास गर्नु सम्मेलनको उद्देश्य रहेको पर्यटनमन्त्री आनन्द पोख्रेलले कूटनीतिक समुदायलाई जानकारी गराए ।  सम्मेलनका लागि सरकारले चार करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।
सम्मेलमा सहभागी हुन आउने विदेशी प्रतिनिधिले नेपाल आउनेजाने सबै खर्च आफैंले बेहोनुपर्नेछ । 
२५६० औं बुद्ध जयन्तीको अवसर पारेर सरकारले ‘लुम्बिनी, नेपालः दि बर्थप्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिजम एन्ड वल्र्ड पिस’ नारा सहित वैशाख ६ र ७ गते होटल सोल्टी काठमाडौंमा अन्तर्रा्ष्ट्रिय बौद्ध सेमिनार आयोजना गर्दैछ । सेमिनार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
 चीन र भारतबाट उच्चस्तरीय सहभागिता नहुने
 
पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले सम्मेलनमा चीन र भारतबाट उच्चस्तरीय सहभागिता नहुने बताए। भारतले काठमाडौंस्थित राजदूत रन्जित रेलाई नै प्रतिनिधिका रूपमा खटाउने भएको छ । 
 
 
पूर्वराष्ट्रपतिदेखि मन्त्रीसम्म आउँदै
 

सम्मेलनमा विदेशी प्रतिनिधि आउने क्रम मंगलबार सुरु हुने भएको छ । परराष्ट्रले विदेशी प्रतिनिधिका लागि विमानस्थलमा हेल्प डेस्क राख्ने भएको छ । सम्मेलनमा २३ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् । चीनबाट नौजना बौद्ध प्राज्ञ र एक सय ५५ भिक्षुसहित एक सय ७८ जना सहभागी हुनेछन् । भारतबाट एक भिक्षुसहित आठजना आउनेछन् ।
 
थाइल्यान्डबाट खेलकुदमन्त्री कोबर्न वातानाभ्राङ्कुलसहित १४ जना र अमेरिकाबाट दुई भिक्षुसहित सातजना, श्रीलंकाका संस्कृतिमन्त्री एसभी नाभिन्नासहित पाँचजना, टर्कीका एका पूर्वमन्त्री र रोमानियाका पूर्वराष्ट्रपति सम्मेलनमा सहभागी हुने भएका छन् । अस्टे«लियाका एक सांसदसहित तीनजना, अस्ट्रियाका एक भिक्षु, बंगलादेशका एक प्राध्यापक, एक भिक्षुसहित सातजना, भुटानबाट एक भिक्षु, कम्बोडियाका एक सांसदसहित दुईजना सहभागी हुँदैछन् ।
 
यस्तै जर्मनीबाट एक प्राज्ञ, जापानबाट दुई सरकारी अधिकारीसहित चारजना, लिथुवानियाबाट एक सरकारी अधिकारी, मंगोलियाबाट एक प्राज्ञ, दक्षिण कोरियाबाट दुई भिक्षुसहित सातजना, स्विजरल्यान्डबाट एक भिक्षु र एक सांसद, राष्ट्रसंघीय निकायबाट एकजना र भियतनामबाट दुईजना भिक्षु सम्मेलनमा आउने पर्यटन मन्त्रालयले जनाएको छ ।
 

 

तपाईंको बिचार