Friday, December 15, 2017

सगरमाथामा आरोहीको संख्या बढ्दा ’ट्राफिक जाम’

प्रकाशित मिति: 2016/05/17

जेठ ४  सोलुखुम्बु विभिन्न कारणले  दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिब १४ सय ३२ जना आरोही एकै ठाउँ जम्मा हुँदा आधारशिविर बाट चुचुरो आवागमनमा ’ट्राफिक जाम’ हुन थालेको छ ।
 चुचुरो पुग्ने आकांक्षा र पुगेपछि फर्कने हतारोका कारण बाटोमा ट्राफिक जाम हुन थालेको हो।
गत बुधबार (वैशाख २९) देखि सोमबार (जेठ ३) भित्र विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहर्या एका छन्। यसमा विदेशीभन्दा नेपालीको संख्या धेरै छ। सबैले दक्षिणपूर्वी मोहोडा (नेपाली भेग) बाट आरोहण गरेका हुन्।

वैशाख २९ मा ’इन्स्ट्रक्टर’ पासाङतेन्जी शेर्पासहित नौजना शेर्पाले सगरमाथाको ७ हजार ९ सय २० मिटर उचाइमा अवस्थित चौथो क्याम्पबाट चुचुरोसम्म बाटो बनाएका थिए। उनीहरूले डोरी टाँग्ने, भर्यापङ राख्नेलगायत काम गर्दै बाटो बनाएका थिए। त्यसअघि नै आधारशिविरबाट चौथो क्याम्सम्म पनि बाटो बनाएका थिए।
२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि त्यसबेला सरकारले आरोहण गतिविधि स्थगित गरेको थियो।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगित भएको थियो।

दुई वर्षपछि आरोहण खुला भएको मौका छोपेर २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय नेपाली ’हाइ अल्टिच्युड वर्कर’ ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविर पुगेका छन्। यी सबै ३४ आरोहण दलमा सहभागी छन्।
सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।
 

 

तपाईंको बिचार