Monday, May 22, 2017  |    

बर्लिनमा मनाईयो नेपाल जात्रा

प्रकाशित मिति: 2016/05/17

जेष्ठ ४, बर्लिन । जर्मनीको राजधानी बर्लिनमा नेपाली संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको छ ।   
कार्निभल फेस्टमा आयोजित उक्त कार्यक्रममा नेपाली संस्कृति प्रदर्शन गरिएको यो चौथो पटक हो । बाजागाजासहित नेपाली राष्ट्रिय पोशाकमा सजिएको नेपाली समूहले सामूहिक नृत्य प्रदर्शन गरेको थियो । फेस्टमा सहभागी नेपाली समूहले लाखे नाच, नेपाली बाजा प्रदर्शन गरेका थिए । बर्लिनस्थित नेपाली दूताबास र एनआरएन जर्मनीको सहयोगमा जर्मनीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था स्टुटेन्ट सोसाइटीले नेपालको तर्फबाट फेस्टमा सहभागी भएको हो ।
फेस्टको समापनपछि जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत विशाल भट्टराईले आफूले सोचेभन्दा धेरै स्तरीय कार्यक्रम भएको बताए । सडक महोत्सवको रुपमा मनाइने यो फेस्टमा यो वर्ष करिब १० लाख दर्शकले अवलोकन गरेको अनुमान छ । नेपाली समूहले नेपाल जात्राको नाममा कार्यक्रममा सहभागी भएको थियो । यो वर्ष विभिन्न देशका ७३ समूहले सहभागिता जनाएका थिए ।

  

तपाईंको बिचार