Monday, October 23, 2017

रात्रिकालिन ब्यावसायलाई उपेक्षा नगर :समिर गुरुङ

प्रकाशित मिति: 2016/05/17

जेष्ठ ४, काठमाण्डौ । रात्रिकालिन मनोरञ्जन ब्यावसायी संघका केन्द्रिय अध्यक्ष समिर गुरुङले सरकारले रात्रिकालिन ब्यावसायलाई उपेक्षा गरेको बताउनुभएकोे छ ।

२१ औ शताब्दीमा आइपुग्दा मानिसहरुको कल्चर डेभलपमेन्टमा तिब्र रुपमा इच्छाशक्ति बढ्दै गइरहेको भएपनि मनोरञ्जन ब्यावसाय प्रति सरकारी मानसिकता पुरानै शैलीबाट अघि बढेको प्रति उहाँले आपत्ति जनाउनुभयो ।
समाजका हरेक वर्ग र तहतप्काका लागि मनोरञ्जन अनिवार्य भएपनि नियमनका नाउँमा सरकारले ब्यावसायीहरुलाई दुःख दिने काम गरेको भन्दै उहाँले यसैका कारण ब्यावसायिक असुरक्षा बढ्दै जाँदा रात्रिकालिन ब्यावसायमा जोखिम बढ्दै गएको  गुरुङले बताउनुभयो । 
राज्यका निकायले यस क्षेत्रलाई ब्यवस्थीत र अनुसासित बनाउनु भन्दा पनि बिभिन्न बहानबाजीमा  धरपकड  गर्ने र ब्यावसायीको आत्मबल गिराउने कार्यमा मात्रै सरकार उद्धत रहेको उहाँको आरोप छ ।   
गन्तब्य नेपालसँग कुराकानी गर्दै गुरुङले रात्रि ब्यावसायलाई  रक्सी खाने थलोको रुपमा मात्रै नबुझ्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मान्छेको मनोरञ्जन माथीको मौलिक अधिकार लाई प्रोत्साहन गर्नको लागि अहोरात्र खटिरहेका रात्रिकालिन ब्यावसायीहरुलाई अधिकतम सुबिधा दिई प्रोत्साहन गर्नका लागि आग्रह गर्नुभएको छ । 
ठमेल पर्यटन बिकाश परिषद्का उपाध्यक्ष समेत रहनुभएका गुरुङले रात्रिकालिन ब्यावसायलाई ८ घण्टा स्वतः स्फुर्त रुपमा सञ्चालन गर्ने बातावरण श्रृजना गर्न पनि राज्यसँग माग गर्नुभयो ।
रात्रिकालिन ब्यावसायमा मनोरञ्जनका रुपमा अल्कोहल मात्रै नभइ चिया, कफीको ब्यावसाय गर्ने ब्यावसायीहरु पनि यही भिडमा रहेकाले सरकारले सम्मानजनक दृष्टिले हेर्नुपर्नेमा उहाँको जोड छ । हजारौलाई रोजगारीको श्रृजना गर्ने र सरकारलाई भारी मात्रामा कर तिर्ने ब्यावसाय नै रात्रिकालिन ब्यावसाय रहेको तर्फ सचेत गराउँदै गुरुङले अबिलम्ब रात्रिकालिन ब्यावसायीहरुसँग गम्भिर छलफल गरि निकास दिनुपर्ने बताउनुभयो । रात्रिकालिन ब्यावसायलाई ब्यवस्थीत गर्ने नाउँमा अनावश्यक दुःख नदिन पनि गुरुङले नियमक निकायलाई आग्रह गर्नुभएको छ ।

तपाईंको बिचार