Thursday, May 25, 2017  |    

सुरु भयो बौद्ध सम्मेलन

प्रकाशित मिति: 2016/05/19

जेठ ६,काठमाडौं । २५६० औँ बुद्ध अवसरमा आयोजीत अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन राजधानीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्धिज्मको आधार स्तम्भ भएको बताएका छन् ।
ओलीले लुम्बिनीलाई बौद्ध धर्मसँग जोड्न र बुद्धको जन्मभूमिबाटै बुद्धत्व जगाउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
वर्तमान अवस्थामा लुम्बिनी विश्व पर्यटनका लागि आकर्षक बन्दै गएको भन्दै अध्ययनस्थलको रुपमा पनि विकास भइरहेको ओलीले बताए ।
 ३० देशका २८५ प्रतिनिधिको सहभागिता रहेको सम्मेलन २२ मे सम्म चल्नेछ ।
 

 

तपाईंको बिचार