Thursday, March 23, 2017  |    

ल्होत्से हिमाल आरोहण गर्ने क्रममा एक पथप्रदर्शकको मृत्यु

प्रकाशित मिति: 2016/05/19

जेठ ६, काठमाडौं । ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ ।
नाम्चे–४, सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मृतक शेर्पा हिउँबाट चिप्लिएर करिब दुई हजार मिटर तल खसेको बताइएको छ । शेर्पा शव झिक्न उद्धार टोली परिचालन भइसकेको श्रेष्ठले बताए ।
आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो ।


 

 

तपाईंको बिचार