Monday, December 11, 2017

राष्ट्रपति भण्डारी लुम्बिनीमा

प्रकाशित मिति: 2016/05/20

जेठ ७, नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आइपुग्नुभएको छ । हेलिकप्टरबाट शुक्रबार दिउँसो लुम्बिनी पुग्नुभएकी राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजा गर्ने कार्यक्रम छ । 
पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि त्यसतर्फ जानुहुनेछ । 
२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न लुम्बिनी आउनुभएको हो ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्नुहुनेछ ।  

 

तपाईंको बिचार