Saturday, April 29, 2017  |    

बुद्धजयन्तीको रौनकमा लुम्बिनी

प्रकाशित मिति: 2016/05/21

जेठ ८,कपिलवस्तु ।   आज २५६० औ बुद्ध जयन्ती भव्यताका साथ विश्वभर मनाइदै छ । शान्तिका अग्रदुत  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिशेष चहलपहल छ । सरकारी उच्च तहका राष्ट्रपति देखि लिएर प्रहरीका आइजिपी सम्म बुद्ध जन्मस्थल लुम्बिनी पुगिसकेका छन् । बुद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको ब्यानर सहित बुद्धधर्मावलम्बीहरु मायादेवीको दर्शन गर्न मन्दिर परिसरमा लाम लागेका छन् । सरकारले यो वर्षको बुद्धजयन्ती विशेष समारोहका साथ मनाउने तयारी गरेकाले विगत वर्षका तुलनामा यसवर्ष धर्माबलम्बीको चाप बढेको छ ।


 संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्रीको हैसियतले आनन्दप्रसाद पोखरेलले बिहानै मायादेवी मन्दिरको पूजाआजा गरिसकेका छन् ।  यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले पनि बुद्ध जयन्ती भव्यताका साथ मनाउँदै छ ।  सोही अवसरमा महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले समेत मन्तव्य व्यक्त गरेका छन् । 

तपाईंको बिचार