Friday, August 18, 2017  |    

बुद्धका बारेमा जान्नै पर्ने केहि तथ्य ।

प्रकाशित मिति: 2016/05/21

जेठ ८,कपिलवस्तु ।   आज २५६० औ बुद्ध जयन्ती भव्यताका साथ विश्वभर मनाइदै छ । शान्तिका अग्रदुत  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिशेष चहलपहल छ । । सरकारले यो वर्षको बुद्धजयन्ती विशेष समारोहका साथ मनाउने तयारी गरेकाले विगत वर्षका तुलनामा यसवर्ष धर्माबलम्बीको चाप बढेको छ ।  
 
एसियाका ज्योति समेत भनेर चिनिने भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।

पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु ःखको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे।

यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत ः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे।
बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाईसम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

 महामानव बुद्धको जन्म ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन लुम्बिनीको बनमा एउटा शाल वृक्षको मुनि भएको थियो । शाक्य क्षेत्री सूर्य वंशमा उनी जन्मेका थिए । उनका हजुरबुवाको नाम सिंह र हजुरआमाको नाम कञ्चना हो । 

राजा शुद्धोदन र रानी महामया देवीका कोखबाट उनको जन्म भएको थियो । उनको गाँउ, कोशलराज्य कपिलवस्तु हो । मामाघर र ससुराली पनि देवदह नै हो । उनको श्रीमतीको नाम यशोधरा र छोराको नाम राहुल हो । राजा शुद्धोदन ५७ वर्षको हुँदा सिद्धार्थ कुमारको जन्म भएको थियो । जन्मेको पाँचौँ दिनमा उनको नामाकरण गरियो । ८ जना ब्राह्मणहरुले उनलाई भविश्यमा बुद्ध हुन्छ भनि भविष्यवाणी गरेका थिए । उनी जन्मेको ७ दिनमा आमा आहामाया देवी परलोक भईन् । त्यसपछि सिद्धार्थलाई कान्छीआमा प्रजापति गौतमीले हुर्काईन ।     

यो पनि पढ्नुहोस  बुद्धजयन्तीको रौनकमा लुम्बिनीमा 

 प्राचीन कपिलवस्तुः सक्कलीको नक्कली तर्क 

सुरु भयो बौद्ध सम्मेलन

तपाईंको बिचार