Sunday, March 26, 2017  |    

लोमान्थाङको प्रवद्र्धनमा पोखराका पर्यटन व्यवसायी

प्रकाशित मिति: 2016/05/21

जेठ ८, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको पर्यटन प्रवद्र्धनमा पोखराका  पर्यटन व्यवसायी जुटेका छन् ।  पोखरा पर्यटन परिषद (पिटिसी) को आयोजनामा पर्यटन व्यवसायी सहितको टोली पाँच दिन भ्रमणका लागि जेठ ९ गते लोमान्थाङ तर्फ प्रस्थान गर्दै छ । टोली मुस्ताङको  उपल्लो भेग हुदै तिब्बतको कोरला नाकासम्म पुग्ने छ ।

हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो कार्यक्रमले सहयोग पुग्नुको साथै उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि पनि यो कार्य फलदायी हुने विश्वास पिटिसीले विश्वास व्यत्त गरेको छ ।    
उपल्लो मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । अर्धनिषेधित क्षेत्र (सेमी रेस्ट्रिक्टेट एरिया) मा पर्ने यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटक प्रवेशका लागि खुल्ला गरिएको थियो । यो अभियानले आगामि दिनमा त्यस क्षेत्रमा थप पर्यटक पठाउन सघाउने बताए पिटिसीका अध्यक्ष सोम थापाले ।    । 
पाँचदिनसम्म चल्ने भ्रमणलाई व्यवसायीले ‘मिसन कोराला–२०१६’ नाम दिएका छन् । हिमाली क्षेत्रको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जलवायु परिवर्तनले उक्त क्षेत्रमा पारेको असरबारे पनि जानकारी लिइने अध्यक्ष थापाले बताए ।  सरकारले २०७३ साललाई घुमफिर वर्षका रुपमा समेत प्रवद्र्धन गरेको छ । अहिलेको अभियानले घुमफिर वर्षको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटकलाइ उक्त क्षेत्रमा पठाउन सकिन्छ । 

 

तपाईंको बिचार