Tuesday, August 22, 2017

“हिमाल असुरक्षित छन् भन्नु मूर्खता हो”ः जाम्लिङ शेपा

प्रकाशित मिति: 2016/05/22

जेष्ठ ९, काठमाडौं ।  सगरमाथा चुचुरोमा पहिलोपटक पाइला राखेका तेन्जिङ नोर्गे शेर्पाका छोरा हुन् जाम्लिङ शेर्पा । हिमाली पर्यटनमै जीवन समर्पण गरिरहेका उनले यस वर्ष पनि सगरमाथा आधार शिविर र खुम्बु क्षेत्रमा केही महिना बिताए ।

आधार शिविर जाने बाटो थुक्लामा भेटिएका उनको बुझाइमा खुम्बु क्षेत्र र खासगरी हिमाल असुरक्षित भन्नुलाई मूर्खता हो । ‘हिमाल आरोहण आफैंमा जोखिमपूर्ण र साहसिक हो । यहाँ सधैं जोखिम नै हुन्छ,’ उनले भने, ‘जस–जसले खुम्बु क्षेत्र असुरक्षित छ भन्छन् त्यो खालि नकारात्मक सोच र हिमालबारे थाहा नहुनेको भनाइ मात्र हो ।’

अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले पटक–पटक खुम्बु क्षेत्रमा जोखिम रहेको उल्लेख गर्ने गरेकामा उनी असन्तुष्ट छन् । जाम्लिङले यस पटक ‘तेन्जिङ नोर्गे एडभेन्चर’ दार्जि्लिङमार्फत आइल्यान्डपिक आरोहणका लागि समूह लिएर आएका छन् ।

‘पोहोर भूकम्प जाँदा पनि म यतै थिएँ । त्यति खेर भएको क्षति अहिले सबै पुनर्निर्माण भइसकेका छन्’ । उनले भने, ‘खुम्बु क्षेत्र जहिले पनि उस्तै छ । कहिले खतरा कहिले सहज भन्ने छैन ।’

भारतको दार्जि्लिङ बस्दै आएका जाम्लिङ नेपाल पर्यटन बोर्डका सद्भावना दूत पनि हुन् । तेन्जिङका तीन छोरामध्ये माइला उनी मात्र पर्यटन क्षेत्रमा लागेका छन् ।

 

तपाईंको बिचार