Monday, May 1, 2017  |    

पर्यटकीय सवारीको लागि बसपार्क छैन

प्रकाशित मिति: 2016/05/22

जेठ ९, काठमाडौँ ।  दिनहुँ हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय सवारीसाधनलाई छुट्टै बसपार्क नहुँदा पर्यटक र व्यवसायी समस्यामा परेका छन् ।

  काठमाडौँ–पोखरा र काठमाडौँ–सौराहा चल्ने पर्यटकीय सवारीसाधनलाई बसपार्क नहुँदा गाडि पार्क गर्न तथा समयमै गन्तव्यमा पुगायन समस्या परेको हो ।  टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का महासचिव दीपक भट्टराई मुलुकमा पर्यटनको विकास गर्न पर्यटकीय सवारीसाधनका लागि बेग्लै बसपार्क बनाउनुपर्ने बताउँछन् । “पर्यटनको विकास गर्न पहिला पूर्वाधारको विकास हुनुपर्छ,”  उनले भने ।  काठमाडौँको मुख्य क्षेत्र ठमेलमा पर्यटक बस्ने तथा उनीहरुका लागि पायक पर्ने कान्तिपथमा बसपार्कको व्यवस्था गरिएको छ । तर कान्तिपथमा सवारी पार्किङ गर्दा आवागमनमा समस्या हुने गरेको  छ  

 

तपाईंको बिचार