Thursday, September 21, 2017

टानद्धारा गोसाईकुण्ड–लाङटाङ हाफ म्याराथनको आयोजना

प्रकाशित मिति: 2016/05/22

जेठ ९, काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले आफ्नो ३८ औ स्थापना दिवसका अवसरमा ‘प्रथम टान लाङटाङ– गोसाइकुण्ड हाफ म्याराथन’ को आयोजना गरेको छ । 

यही जेष्ठ १६ गते आईतबार मे २९ तारिकका दिन आयोजना हुने उक्त कार्यक्रममा सहभागि हुन इच्छुक खेलाडिले जेष्ठ १३ तदनुसार मे २६ तारिक सम्म सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । सहभागि खेलाडिहरुलाई कार्यक्रममा सहभागी हुन जाने, आउने तथा बसोबासको ब्यवस्था समेत निशुल्क ब्यवस्था गरिएको म्याराथन मे २९ तारिकका दिन रसुवाको गोसाईकुण्डबाट सुरु भएर धुन्चेमा पुगेर समापन हुनेछ ।  
‘टान विथ द डेस्टिीनेसन कम्युनिटी– लाङटाङ फाइट ब्याक’ को नारासहित आयोजना गर्न लागिएको उक्त म्यारथनमा हालसम्म ७० जना खेलाडिले सहभागिताका लागि नाम दर्ता गराईसकेको म्याराथन संयोजक तथा टानका द्धितिय उपाध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । बिशेषतः गत बैशाख १२ गते गएको महाबिनासकारी भुकम्पपछि सुस्त बनेको पर्यटन क्षेत्र साथै त्यसले लाङटाङमा पुर्याएको क्षति समेत बिर्सिएर पुनः पर्यटनका लागि लाङटाङ तयार छ भन्नका लागि म्याराथनको आयोजना गरिएको सापकोटाले बताउनुभयो । म्याराथन आयोजनाले आगामि दिनमा लाङटाङलाई बिशेषतः पर्यटन प्रोडक्टका रुपमा बिकाश गर्नुका साथै लाङटाङको महत्वलाई स्वदेशी तथा बिदेशी पर्यटकहरुमाझ अझ उजागर गर्न मदत पुर्याउने म्याराथन संयोजक तथा टान द्धितिय उपाध्यक्ष सापकोटाको भनाइ छ ।म्याराथनमा सक्रिय सहभागिताका लागि आह्वान गदै संयोजक सापकोटाले ब्यावसायिहरु सहभागि हुन चाहेमा सशुल्क ब्यवस्था गरिएको समेत बताउनुभयो ।

तपाईंको बिचार